IME Life New

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक र माछापुच्छ्रे गाँउपालिकाद्वारा वित्तीय साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड,माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाँउपालिका वडा नं ३ र ४ को संयुक्त आयोजनामा शेयर सम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०८१ माघ २१ देखि २०८१ माघ २४सम्म हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा साक्षरता कार्यक्रम गरिएको हो । क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम, माघ २१ देखि माघ २२ सम्म माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नंः ४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा र माघ २३ देखि माघ २४ सम्म माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नंः ३ र सो वडाका गाउँहरुमा सम्पन्न गरिएको थियो ।

उक्त वित्तीय साक्षरता,सचेतना र घरदैलो कार्यक्रम, वडा नंः ४, घाचोक माछापुच्छ्रे बैंक बगर शाखा का शाखा प्रबन्धक उज्जवल घिमिरे तथा माछापुच्छ्रे बैंकका गण्डकी प्रदेशका क्लस्टर प्रमुख जीवन बहादुर कार्कीको समन्वयमा सम्पन्न भएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा वडा नंः ३ का वडा अध्यक्ष हरिश्चन्द्र लम्साल तथा वडा नंः ४ का वडा अध्यक्ष मधुसुधन अधिकारी समेत उपस्थित भएका थिए भने क्यापिटलका सञ्चालन प्रमुख करुना थापा तथा निक्षेप सदस्य विभागका कर्मचारी कोपिला पौडेल उपस्थित थिए ।

क्यापिटलले आफ्नो स्थापनाको ५ औं वर्षको वार्षिकोत्सवको उपलक्ष्यमा माघ महिना भरी रक्तदान,वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS