IME Life New

वाणिज्य बैंकहरुको निक्षेप झन्डै ६० खर्ब, कर्जा विस्तार पनि बढ्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप ६० खर्ब नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार वाणिज्य बैंकको निक्षेप पछिल्लोपटक ५९ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

यससँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ६७ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको माघ २७ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६७ खर्ब २९ अर्ब रुपैयाँँ पुगेको छ ।

Esewa
Crest

उक्त अवधिसम्म वाणिज्य बैंकहरुले ५९ खर्ब ९९ अर्ब रुपैयाँँ निक्षेप संकलन गरेका छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको निक्षेप सात खर्ब ३१ अर्ब रुपैयाँँ पुगेको छ ।

यस समयसम्म बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब ३३ अर्ब रुपैयाँँ कर्जा लगानी गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरुले ४८ खर्ब २१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्। वाणिज्य बैंकको निक्षेप ५९ खर्ब ९९ अर्ब रहँदा कर्जा ४८ खर्ब २१ अर्ब रुपैयाँ रहेको हो। यस अवधिसम्म विकास बैंक र फाइनान्स कम्पनीहरुले ६ खर्ब १३ अर्ब रुपैयाँँ लगानी गरेका छन् ।

यस्तै बैंकहरुको निक्षेपसँगै कर्जा पनि क्रमशः बढ्दै गएको देखिन्छ। पछिल्लो समय बैंकहरुको कर्जा क्रमशः बढ्दै गए पनि केही सुस्त भएको बैंकरहरुले बताएका छन्। विगतमा पनि माघ महिनामा कर्जा जाने क्रम केही सुस्ताउने गरेकोमा यसपटक पनि त्यसले निरन्तरता पाएको बैंकरहरुको भनाइ छ। यद्यपि कर्जाको माग अपेक्षित गतिमा बढ्न सकेको छैन। जसकारण कर्जा पनि अपेक्षाकृत गतिमा बढ्न सकेको छैन।

केन्द्रीय बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९.४८ प्रतिशत कायम भएको छ । बैंकहरुले कुल निक्षेप संकलनको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । पर्याप्त क्षमता भएर पनि बजारमा अहिले कर्जाको माग नहुँदा तरलता बढ्दै गएको छ । अधिक तरलताको स्थिति नियन्त्रणका लागि राष्ट्र बैंकले हरेक हप्ता अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरेर बजारबाट पैसा ताान्दै आएकोे छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँ बढेको छ । गत वर्ष पुससम्म निक्षेप रकम ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँँ बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ । २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS