काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/ ८२ सम्मको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार ३ कम्पनीको मात्रै नाफा बढेको देखिएको छ । ओरिएन्टल र नेशनल इन्स्योरेन्स भने घाटामा रहेका छन् । अन्य बाँकी ११ कम्पनीको नाफा घटेको छ । निर्जीवन बीमा कम्पनीहरुको नाफा घट्नुमा बाढीको दाबी भुक्तानी तथा ब्याजदरका कारण हो ।
बीमा प्राधिकरणको पछिल्लो तथ्याङक अनुसार निर्जीवन बीमक (लघु निर्जीवन बीमक सहित) मा पौने १३ अर्बको दाबी परेको छ । हालसम्म कम्पनीहरुले साढे २ अर्ब बढी रकमे भुक्तानी गरिसकेका छन् । यस हिसाबले पनि निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित भएको हो ।
यस अवधिसम्ममा यी कम्पनीहरुले कुल १ अर्ब २५ करोड ८४ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीहरुले ३ अर्ब ९ करोड ७८ लाख २८ हजार नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नाफा ५४ दशमलव ३७ प्रतिशतले कम हो ।
नाफा बढ्नेमा
यस समिक्षा अवधिसम्ममा शिखर इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा २ दशलमव ४८ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले पनि अघिल्लो वर्षको यसै अवधिको तुलनामा नाफा १५ दशलमव २५ प्रतिशतले नाफा बढाएको छ । यस अवधिमा कम्पनीले १२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । प्रभु इन्स्योरेन्सको पनि अघिल्लो वर्षको यसै अवधिको तुलनामा नाफा १० दशलमव ५३ प्रतिनशतले बढेको छ । कम्पनीले यस समीक्षा अवधिमा १२ करोड नाफा कमाएको छ ।
घाटामा रहेका कम्पनी
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ओरिन्टल इन्स्योरेन्स घाटामा रहेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १९ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २५ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स कम्पनी ३६ करोड ९८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा पनि कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा नै थियो ।
नाफा घटेका कम्पनीहरु
राष्ट्रिय बीमा कम्पनीले यस समिक्षा अवधिमा ३४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशलमव ८६ प्रतिशतले कम हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ दशलमव ६७ प्रतिशतले कम हो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ दशलमव ५६ प्रतिशतले कम हो ।
नेको इन्स्योरेन्सले १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९ दशलमव ४८ प्रतिशतले कम हो । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स यस अवधिमा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ दशलमव १४ प्रतिशतले कम हो । नेपाल इन्स्योरेन्सले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८२ दशलमव ७२ प्रतिशतले कम हो । एनएलजी इन्स्योरेन्सले ७ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ दशलमव ९० प्रतिशतले कम हो । यूनाइटेड अजोड इन्स्योरेन्सले ६ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ दशलमव १६ प्रतिशतले कम हो । सगरमाथा लुम्बिनी इनस्योरेन्सले ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७ दशलमव २१ प्रतिशतले कम हो ।

















