IME Life New

प्रभु इन्स्योरेन्सको नाफा साढे १० प्रतिशतले बढ्दा अन्य वित्तीय सूचक कस्ता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क, कुल बीमाशुल्क घटेको छ भने नाफा बढेको देखिएको छ ।

१ अर्ब ४४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ३० करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २५ करोड ६५ लाख थियो भने अन्य इक्विटीमा १० करोड ६ लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ११ करोड ४४ लाख रुपैयाँ रहेको छ। स्पेसल रिर्जभमा १ अर्ब ३५ करोड रहेको छ ।

Crest

दोस्रो त्रैमाससम्म कम्पनीले ६७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९० करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको हो ।यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३९ करोड ९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले ४७ करोड ६८ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म २८ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४२ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको हो ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १० दशलमव ५३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको सोल्भेनसी रेसियो १ दशदमव ९४ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६४ पैसा रहेको छ । पीई रेसियो ६४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS