IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ७१ करोड ९१ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट भएको छ ।

२ अर्ब ६२ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ६३ करोड ९७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४१ करोड ९५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ५७ करोड ९७ लाख थियो भने अन्य इक्विटीमा ४० करोड ४ लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा १९ करोड ७८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १९ करोड ४५ लाख रुपैयाँ थियो। महाविपत्ति कोषको आकार बढेको हो । स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रहेको छ ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य घटेको हो ।यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ८९ लाख खर्चिएको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म ७१ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ९ दशमलव ६५ प्रतिशतले घटेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ६ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा पनि ६७ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ५ रुपैयाँ ०२ पैसा कायम भएको छ। पीई रेसियो १४३.१७ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ १८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS