IME Life New

खतरामा ३ हजार कर्मचारीको जागिर, यो कम्पनीले तयार पार्यो लिस्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटामा आजदेखि ठूलो कटौती हुन लागेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई विश्वास गर्ने हो भने कम्पनीले करिब ३ हजार कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको छ।

गत शुक्रबार आन्तरिक ज्ञापनपत्रमार्फत कर्मचारीलाई यसबारे जानकारी गराइएको छ। आजैबाट ती कर्मचारी हटाउने प्रक्रिया पनि सुरु हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

रोयटर्सको रिपोर्ट अनुसार मेटाका कर्मचारीहरुको सूची भर्खरको कटौतीका लागि तयार गरिएको छ। सोमबारबाट कर्मचारीहरुले सूचना प्राप्त गर्न थाल्नेछ। कम्पनीले फेब्रुअरी ११ मा समाप्ति सूचना पठाउनेछ। मेटाका मानव संसाधनका उपाध्यक्ष जेनेल गेलले कम्पनीको कार्यस्थल फोरममा यो मेमो शेअर गरेका छन्। जसमा यो ठूलो कटौतीबारे भनिएको छ।

मेटा इंकमा यो पछिल्लो चरणको छटनी सुरु हुनुअघि नै कम्पनीले गत महिना यसको पुष्टि गरेको थियो। जसमा यसले आफ्ना कर्मचारीको संख्या लगभग ५ प्रतिशत घटाउने योजना बनाएको थियो। जुन कुल कार्यबलको हिसाबले करिब ३ हजार हो।

कर्मचारी कटौती गर्नुपर्ने कारणबारे भने कम्पनीले अहिलेसम्म खुलाएको छैन।

मार्क जुकरबर्गको कम्पनी मेटामा मात्रै यो कटौतीको शृंखला सीमित छैन। गुगल, माइक्रोसफ्ट, अमेजन र स्ट्राइपजस्ता अन्य टेक दिग्गज कम्पनीले पनि यो वर्ष कार्यबल कटौती गरेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS