IME Life New

करिब ४०% ले बढ्यो वाणिज्य बैंकहरुमा शेयर लोनको माग, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म साढे ९१ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा (शेयर लोन) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले पुससम्म ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ६५ अर्ब ८६ करोड १९ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा शेयर लोन ३८.९९ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा १७ वटा बैंकको शेयर लोन प्रवाह बढेको छ भने २ वटाको घटेको छ।

चालु आर्थिक वर्षको पुससम्म नबिल बैंकबाट सबैभन्दा धेरै शेयर लोन गएको छ। यो वर्षको मंसिरसम्म नबिलले १२ अर्ब ६० करोड ९२ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ अर्ब ५६ करोड २८ लाख रुपैयाँ शेयर लोन दिएको थियो। अघिल्लो वर्षको तुलनामा यो बैंकको शेयर लोन ९.०५ प्रतिशतले बढेको छ।

दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो वर्ष पुससम्म बैंकबाट ११ अर्ब ५५ करोड ४ लाख रुपैयाँ शेयर लोन गएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७९.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म ग्लोबल आइएमईले ६ अर्ब ४३ करोड १ लाख रुपैयाँ शेयर लोन दिएको थियो।

तेस्रोमा कुमार बैंक रहेको छ। चालु आर्थिक वर्षको पुससम्म कुमारी बैंकबाट ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकबाट ३ अर्ब ९७ करोड १२ लाख रुपैयाँ शेयर लोन गएको थियो। अघिल्लो वर्षको तुलनामा बैंकबाट गएको शेयर लोन ११३.५३ प्रतिशतले बढेको छ।

यसैगरी यो वर्ष पुससम्म सिद्धार्थ बैंकबाट ८ अर्ब ३ करोड ८ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ७१ करोड २२ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ६ अर्ब ५३ करोड १५ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ५ अर्ब ९७ करोड ८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ४ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा सिद्धार्थको शेयर लोन प्रवाह ७९.२२ प्रतिशत, नेपाल बैंकको ६९.७४ प्रतिशत, प्राइमको ५२.७८ प्रतिशत, सिटिजन्सको ३९.२१ र राष्ट्रिय वाणिज्य बैंकको २.९३ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पुससम्म प्रभु बैंकबाट ४ अर्ब २३ करोड ९० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ३ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब ८ करोड ५४ लाख रुपैयाँ, एभरेष्टबाट २ अर्ब ७७ करोड ७४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकबाट २ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनामा प्रभु, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा र एभेष्टको शेयर लोन बढेको छ भने एनआईसी एसियाको घटेको छ।

त्यस्तै यो वर्ष पुससम्म सानिमा बैंकबाट २ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकबाट १ अर्ब ९३ करोड २ लाख रुपैयाँ र हिमालयनले १ अर्ब ९० करोड २ लाख शेयर लोन प्रवाह भएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा सानिमा र कृषि विकास बैंकको बढेको छ भने हिमालयनको घटेको छ।

उता पुससम्म एनएमबि बैंकले १ अर्ब ७७ करोड २१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकबाट १ अर्ब २३ करोड ५७ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकबाट ४७ करोड ७३ लाख रुपैयाँ शेयर लोन गएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा एनएमबि, माछापुच्छ्रे र नेपाल एसबीआई बैंकको शेयर लोन प्रवाह उल्लेख्यनीय रुपमा बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS