IME Life New

टिकटक किन्न एलन मस्कले देखाएनन् इच्छा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ एप टिकटक किन्न एलन मस्क इच्छुक देखिएका छैनन्। मस्क आफैँले एउटा भिडियोमार्फत आफूलाई टिकटक किन्न इच्छा नभएको बताएका हुन्।

टेस्ला र स्पेसएक्सका सीईओ मस्कले वेल्ट इकोनोमिक समिटमा भर्चुअल माध्यमबाट टिकटक किन्ने कुनै योजना र चाहना नरहेको बताए। ‘मलाई टिकटक किन्नेमा कुनै रुचि छैन’, उनले भने, ‘टिकटक किनेर के गर्ने भन्ने योजना पनि मसँग छैन।’

Esewa
Crest

अमेरिकामा टिकटक प्रयोगकर्ता १७ करोड छन्। राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै गत जनवरी २० बाट अमेरिकामा टिकटक प्रतिबन्ध गर्ने तयारी भएको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्सलाई ७५ दिन थप समय देखाएका छन्।

यो थप म्याद टिकटकलाई गैरचिनियाँ खरिदकर्ता खोज्न समय दिइएको हो। बाइटडान्सले भने केही लगानीकर्ताले सार्वजनिक रुपमै टिकटक खरिदका लागि इच्छा देखाए पनि आफूहरु बेच्ने योजनामा नरहेको स्पष्ट पारेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS