IME Life New

श्रृजनशील लघुवित्तको साधारणसभा आज हुँदै, यस्ता छन् एजेन्डा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा आज माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात आर्थिक वर्ष २०८०/०८१ नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सगँ सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ ।

Crest

सभाले क तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ दफा ११ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष २८१/०८२ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती र समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ती तथा दायित्वको मुल्याकन गर्न परामर्शदाता, मुल्याकनकर्ता, लेखा परिक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS