IME Life New

‘भ्रामक टिप्पणीको पछि नलागौँँ, निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले भ्रामक टिप्पणीमा ध्यान नदिन र निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको स्पष्ट पारेका छन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘यस संघहरुसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताको रकम पूर्ण रुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दति खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको स्मरण गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

सामाजिक सञ्जालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिन पनि संघहरुले आग्रह गरेका छन्। यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेका सूचना तथा समाचारलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्नसमेत सरकारी निकायहरुलाई आग्रह गर्दछौँ ।’

आगामी दिनमा अभैm बढी बैंकिङ सेवा सुदृढ बनाउन आफूहरु प्रतिबद्ध रहेको संघहरुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS