IME Life New

महुली लघुवित्तले डाक्यो साधारणसभा, यस्ता छन् ७ एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले १२औँ वार्षिक साधारण सभा फागुन २३ गते गर्ने भएको छ । सभा सभा विहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय अग्नीसाइरमा गर्ने जनाएको छ। संस्थाको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० /०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/ ०८१ आषाढ मसान्तसम्मको वासलात, २०८० श्रावण १ गते देखी २०८१ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/०८२ को लागी लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधीत्व गर्ने ४ जना तथा सर्वसाधारण शेयर धनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सभाले थप सार्वजनिक निष्काशनबाट प्राप्त रु ४,७५,४४,९१५ शेयरलाई चुक्ता पूँजीमा वृद्धि गरी वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने तथा उपरोक्त संशोधनहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन र परिवर्तन गर्न निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

सभाले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम यस वित्तीय संस्थाको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समुहमा परिणत गर्ने तथा सो सम्बन्धमा कार्य गर्न गराउन सम्बन्धीत निकायबाट स्वीकृती लिई पूँजी संरचना परिवर्तन गर्न वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृती लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन परिवर्तन गर्न निर्देशन भएमा वा भाषिक फेरवदल गर्नु पर्ने भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजन लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्नेरगाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सन्दर्भमा नियम निकायहरुबाट निर्देशन गरे बमोजिमका विबरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने प्रस्ताव सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS