IME Life New

‘एनएमबि हाइब्रिड फन्ड एल-२’ का इकाइहरु आजबाट बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबि हाइब्रिड फन्ड एल–२’का इकाइहरु आज माघ २४ गतेबाट बिक्री खुला गरिएको छ।

यो योजनाका कुल १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरेको हो। जसअनुसार १० अंकितदरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गरिएको छ।

Esewa
Crest

कुल इकाइमध्ये १४ प्रतिशतले हुने १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशतले हुने १२ लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यस म्युचुअल फन्डमा न्यूनतम १०० कित्ता र अधिकतम १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा, योजना व्यवस्थापक एनएमबि क्यापिटल तथा सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

यो योजनाको निष्कासन बन्द छिटोमा माघ २८ गते र ढिलोमा फागुन ८ गते बैंकिङ समयपछि हुनेछ। यो बन्दमुखी योजनालाई नेपाल धितोपत्र बोर्डले गत पुस २ गते निष्कासन अनुमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS