IME Life New

प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवाका लागि सुवेदीको नाम सिफारिश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त हुने भएका छन् । प्राधिकरणको पदपूर्ती समितिले कार्य सम्पादन मूल्याङ्कनमा सर्वाधिक अंक प्राप्त गरेको आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न बुधबार सञ्चालक समिति समक्ष सिफारिश गरेको हो।

सुवेदीको बढुवा सम्बन्धि सिफारिश प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेपछि उनको बढुवाले औपचारिकता प्राप्त गर्नेछ। पदपूर्ती समितिले प्रकाशन गरेको सूचना अनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७.१९४ अंक प्राप्त गरेका छन् । बीमा समिति कर्मचारी सेवा शर्त नियमावली २०६८ को विनियम बमोजिम संभाव्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन,जेष्ठता,शैक्षिक योग्यता, तालिमवापत प्राप्त गरेको कुल अङ्कको आधारमा सर्वाधिक अङ्क प्राप्त गरेकाले विनियम ७१ को प्रयोजनका लागि बढुवा सिफारिश सम्बन्धि सूचना प्रकाशन गरिएको पदपूर्ती समितिले जानकारी दिएको छ।

Esewa
Crest

सुवेदीसँगै प्रतिस्पर्धामा प्राधिकरणका निर्देशकहरू कमल प्रसाद रेग्मी र पूजन ढुंगेल समेत प्रतिस्पर्धामा रहेका थिए । गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजु रमण पौडेलको अनिवार्य अवकाश पछि कार्यकारी निर्देशक पद रिक्त रहेको थियो।

पछिल्लो समयमा सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव, प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका थिए । यसबाहेक उनी बीमा प्राधिकरणले सञ्चालन गर्दै आएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(आइआइएन)का समेत प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

9%
sad

दु :खी

9%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS