IME Life New

सीवाइसी नेपाल लघुवित्तको नाफमा आकर्षक वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु सबै बढेका छन् । यस अवधिमा खुद नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । साथै, इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा पनि यसको नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

Esewa
Crest

सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरुमा पनि कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखि काम गरेको छ । संस्थाले कुल १२२७९७ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

वित्तीय संस्थाले शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कर्मचारीहरुको दक्षता अभिवृद्धि गरी कार्यकुशलतामा अभिृवृद्धि गर्न, उत्पादकत्वलाई थप प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई आवश्यक पर्ने तालिम तथा सेमिनारमा संलग्न गराई क्षमता अभिवृद्धि गरी सन्तुष्ट सदस्य नै संस्थाको दिगो विज्ञापनको आधारलाई कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत डोलिन्द्रप्रसाद शर्माले बताए ।

साथै, आगामी दिनहरुमा लघुवित्तको कारोवारलाई कर्जा, बचत र रेमिटान्स् सुविधाहरुमा मात्र सिमित नगरी समयानुकुल ग्राहकको बदलिदो चाहनालाई दृष्टिगत गरी संस्थाले उपलब्ध गराउदै आएको सेवा सुविधाहरुमा थप परिष्कृत गर्दै लैजान संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS