IME Life New

आशा लघुवित्तको साढे २ लाख कित्ता बढी शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको साढे २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थाका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको शेयरमा आंशिकमात्रै खरिद आवेदन परेको संस्थाले जनाएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि निवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि ७ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काभ्रेको साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS