IME Life New

ह्वाट्सएप प्रयोगकर्ताको जाजुसी, यसरी हुँदैछ ‘जिरो क्लिक अट्याक’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएप एउटा लोकप्रिय म्यासेजिङ एप हो। विश्वभर यसका करोडौँ प्रयोगकर्ता छन्। यो इन्स्ट्याङ म्यासेजिङ एपले एउटा कम्पनीमाथि गम्भीर आरोप लगाएको छ।

मिडिया रिपोर्टका अनुसार ह्वाट्सएपले इजरायलको स्पाइवेयर कम्पनी प्यारागन सोल्युसनमाथि उसले थुप्रै मानिसलाई निशाना बनाइरहेको आरोप लगाएको छ। हालै ह्याकिङ क्याम्पेयनमा करिब १०० जर्नालिस्ट र सिभिल सोसाइटी मेम्बर्सलाई हालै निशाना बनाएको आरोप लगाइएको छ।

Esewa
Crest

यो साइबर अट्याकमा चर्चित स्पाइवेयर ग्रापहिटको प्रयोग भएको ह्वाट्सएपको दाबी छ। यो स्पाइवेयरको मद्दतले ह्वाट्सएप प्रयोगकर्ताको बिना अनुमति र क्लिक गरेर मोबाइललाई निशाना गर्न सकिन्छ। यो प्रविधिलाई जिरो क्लिक अट्याक भनिन्छ।

ग्राफहिट नामको यो स्पाईवेयर एकपटक डिभाइसमा इन्स्टल भएपछि फोनमा पूर्ण रुपमा एक्सेस गर्न सकिन्छ। ग्राफहिटको मद्दतले प्रयोगकर्ता ह्वाट्सएपको इनक्रिप्टेड म्यासेजसम्म पढ्न सकिन्छ।

ह्वाट्सएपका अनुसार उसलाई पूर्ण रुपमा भरोसा कि पत्रकार र सामाजिक कार्यकर्ता गरी कुल ९० जना सिकार भएका छन्। यद्यपि, ह्वाट्सएपले पनि आफ्नो बयानमा कुन ठाउँका मानिस निशानामा परेको हो भन्ने विषयमा भने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS