IME Life New

अब यी आइफोनमा पनि ह्वाट्सएप नचल्ने, तपाइँको पनि पर्यो कि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म हो। यो प्लेटफर्म टेक्स्ट, अडियो–भिडियो कल, डक्युमेन्ट शेअर र अन्य उद्देश्यका लागि प्रयोग गरिन्छ।

कम्पनीले समय–समयमा केही डिभाइसहरुका लागि आफ्नो प्लेटफर्मको समर्थन समाप्त गरिरहन्छ। यसको मतलब प्रयोगकर्ताले ती फोनमा अब ह्वाट्सएप प्रयोग गर्न सक्ने छैनन्।

Esewa
Crest

ह्वाट्सएपले आगामी महिनाहरुमा धेरै पुराना आइफोनका लागि समर्थन समाप्त गर्दैछ। यस कारणले कम्पनीले ती आइफोनमा लेटेस्ट अपडेटहरु डाउनलोड गर्न बिटा टेस्टर्सलाई रोकेको छ। यद्यपि ती फोनमा ह्वाट्सएप अफलाइन हुनका लागि अन्तिम मिति मे ५ हो। ह्वाट्सएप प्रयोग गर्नेहरुले आफ्नो फोनमा लेटेस्ट सफ्टवेयर अपडेट स्थापना गर्नुपर्नेछ।

बिटा टेस्टिङका लागि आफ्नो आइफोन नामांकन गरेका प्रयोगकर्ताको फोनमा आईओएस १५.१ वा माथिको हुनुपर्छ। यो परिवर्तन डब्ल्यूएबिटाइन्फोद्वारा देखाइएको छ। यदि प्रयोगकर्ताको फोन आईओएस १४ मा काम गर्दछ भने यसबाट प्रभावित हुनुहुनेछ।

प्रयोगकर्ताले आफ्नो आइफोनको अपरेटिङ सिस्टम धेरै सजिलै जाँच गर्न सक्छन्। यसका लागि सेटिङ एपमा जानुपर्नेछ। त्यहाँ प्रयोगकर्ताले जनरलमा क्लिक गर्नुपर्छ र त्यसपछि सफ्टवेयर अपडेटमा क्लिक गर्नुपर्छ। त्यसबाट प्रयोगकर्ताले लेटेस्ट अपडेट इन्स्टल गर्न सक्नेछन्।

लेटेस्ट अपडेट इन्स्टलपछि प्रयोगकर्ताले ह्वाट्सएपको लेटेस्ट भर्जन प्राप्त गर्न सक्नेछन्। ह्वाट्सएपको पछिल्लो अपडेटले मुख्यतया आइफोन ६, आइफोन ६ प्लस र आइफोन ५एस लाई असर गर्नेछ। यी फोनको स्टेबल भर्जनको सपोर्ट आउँदो मे ५ मा समाप्त हुँदैछ।

मे ५ पछि आइफोनमा ह्वाट्सएप प्रयोग गर्न आईओएस १५.१ वा माथिको अपरेटिङ सिस्टम आवश्यक हुनेछ। यदि यो सफ्टवेयर अपडेट प्रयोगकर्ताको फोनमा उपलब्ध छैन भने यसको मतलब अर्को फोनमा स्विच गर्न आवश्यक छ।

आईओएस १२, आईओएस १३ र आईओएस १४ को सपोर्ट समाप्त गरेपछि कम्पनीले आफ्नो प्लेटफर्ममा नयाँ फिचर थप्न सक्नेछ जुन पछिल्लो फोनअनुसार हुनेछ। एप्पल एप स्टोरमा रहेको ह्वाट्सएपको लिस्टिङमा स्पष्ट रुपमा लेखिएको छ कि यसलाई प्रयोग गर्न आईओएस १५.१ वा सोभन्दा माथिको अपरेटिङ सिस्टम चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS