IME Life New

राष्ट्र बैंकलाई टेर्दैनन् बैंक, सुध्रिनसमेत हुँदैनन् अग्रसर, प्रभुको घटनाले देखाएको तथ्य !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले बैंकहरुले नियामक निकायलाई नटेर्ने गरेको तथ्य उजागर गरेको छ।

केन्द्रीय बैंकले समय–समयमा अनुगमन गर्दा बैंकहरुलाई विभिन्न किसिमका सुझाव दिँदै आएको छ। तर, बैंकहरुले भने ती सुझावलाई नटेर्ने गरेको पाइएको हो।

Esewa
Crest

यतिमात्र नभई बैंकहरुले केन्द्रीय बैंकको सुझावसमेत मान्दैनन्। राष्ट्र बैंकले सुध्रनका लागि बैंकहरुलाई पटक–पटक ताकेता गरे पनि उनीहरुले सुध्रनका लागि सामान्य पहलसमेत नगर्ने पाइएको छ।

हालै केन्द्रीय बैंकले प्रभु बैंकलाई गरेको कारबाही र त्यसबारे प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो। यस प्रतिवेदनले प्रभु बैंकलाई अटेरी बैंकका रुपमा सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंक पहिलोपटक कारबाहीमा परेको छ। यसपटकको कारबाहीमा केन्द्रीय बैंकले विभिन्न विषयमा प्रभु बैंकलाई सचेत गराएको छ। साथै, सुध्रनका लागि निर्देशनसमेत जारी गरेको छ। तर, प्रभु बैंकले सुध्रनका लागि पहल चालेको पाइएको छैन।

केन्द्रीय बैंकले प्रभु बैंकको स्थलगत निरीक्षणका क्रममा उसलाई विभिन्न किसिमका निर्देशन जारी गरेको छ। तर, बैंकले त्यसको पालना गरेको छैन। जसकारण राष्ट्र बैंकले प्रभु बैंकलाई यसबारेमा छिटो सुधार गर्न फेरि सचेत गराएको छ।

कारबाही प्रतिवेदनमा भनिएको छ, ‘स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरुको पालनामा कमजोरीहरु देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरु समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको।’

केन्द्रीय बैंकले यसलाई थप स्पष्ट पार्न भनेको छ, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहायबमोजिमका विभिन्न दफाहरुको पालना नगरिएको हुनाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ।’

प्रभु बैंकले कर्जा बक्यौता अवधिका आधारमा कर्जा नोक्सानीबापतको व्यवस्था कायम नगरेको विषयमा समेत केन्द्रीय बैंकले कारबाही गरेको छ।

यस्तै प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको तथा केही कर्जाहरुमा जोखिमभार प्रदान गर्दा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा लकर रोक्का राख्न केन्द्रीय बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले समेत प्रभु बैंकलाई सचेत गराएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS