IME Life New

सामाजिक सञ्जालको दुरुपयोग रोक्ने जिम्मेवारी यी निकायको काँधमा, तोकियो यस्ता दायित्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई व्यवस्थित बनाउन सरकारले कडा नियम ल्याउन लागेको छ।

सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमार्फत कडा नियम ल्याउन लागेको छ। यो विधेयक संसदमा दर्ता भइसकेको छ। संसदबाट पारित यो विधेयकले कानुनी रुप लिनेछ।

Esewa
Crest

विधेयकमा सामाजिक सञ्जालको सञ्चालन र प्रयोगका विभिन्न व्यवस्था गर्नुका साथै सामाजिक सञ्जालको दुरुपयोग रोक्न विभिन्न निकायलाई जिम्मेवारी पनि दिएको छ।

विधेयकमा सामाजिक सञ्जालको दुरुपयोग रोकी प्लेटफर्मको सञ्चालन र प्रयोगलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य निकायलाई सम्बद्ध निकायका रुपमा रहने व्यवस्था गरेको छ।

यस्ता छन् सम्बद्ध निकायको जिम्मेवारी र दायित्व

  • सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सम्पर्क व्यक्ति तोक्ने,
  • यस ऐनविपरीत कुनै विषयवस्तु सामाजिक सञ्जालमा प्रसार भएको पाइएमा विभागमा लेखी पठाउने,
  • सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र सुरक्षाका लागि शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र गराउने,
  • यस ऐनअन्तर्गतका गुनासो सम्बोधनका सन्दर्भमा विभागसँग समन्वय गर्ने,
  • उजुरी र गुनासो सम्बोधनका सन्दर्भमा विभागले दिएको निर्देशनको पालना गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS