IME Life New

समपूरक र विशेष अनुदानमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले संघीय समपूरक तथा विशेष अनुदानमा सञ्चालन गवरिने आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको छ।

राष्ट्रिय योजना आयोगले आज एक सूचना प्रकाशित गर्दै यस्तो आह्वान गरेको हो। आथिक वर्ष २०८२।८३ मा संघीय समपूरक अनुदान तथा संघीय विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना वा कार्यक्रमका लागि प्रस्तावसहित विवरण तयार पेस गर्न सबै प्रदेश सरकार तथा स्थानीय तहलाई सूचनामार्फत आह्वान गरिएको छ। प्रस्ताव आउँदो फागुन १५ गतेभित्र आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत (www.csgrants.gov.np) पेस गर्नुपर्नेछ।

Esewa
Crest

प्रस्ताव पेस गर्दा ‘समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१’ र ‘विशेष अनुदान सम्बन्धी कार्यावधि, २०८१’ बमोजिम आयोजना वा कार्यक्रमको तोकिएअनुसारको विवरण सहित सोको आवश्यकता र औचित्य पुष्टि हुने गरी सम्बन्धित अनुदानअन्तर्गत प्रस्ताव गर्न सकिने प्रमुख क्षेत्र, कार्यक्रम, आधार, बजेट सीमा तथा संख्याबमोजिम पेस गर्न सकिने छ। आयोजना वा कार्यक्रमको प्रस्ताव उल्लिखित कार्यविधिमा तोकिएअनुसार कानुनतः जिम्मेवारप्राप्त पदाधिकारीबाट शर्त पूरा भएको प्रमाणिकरण फारम भरी प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति तथा योजना आयोगको प्राथमिकीकरणसहितको सिफारिसमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय र स्थानीय तहको हकमा प्राथमिकीकरणसहितको कार्यपालिकाको निर्णय (उपस्थितिसहित) समेत पेस गर्नुपर्नेछ।

आगामी आर्थिक वर्षका लागि यसअघि संघीय समपूरक तथा विशेष अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनाहरुलाई पहिलो प्रार्थामकता दिई साविककै कार्यविधिको व्यवस्थाबमोजिम पेस गर्नुपर्नेछ।

आयोजना वा कार्यक्रम प्रस्ताव अनलाइन प्रणालीमा प्रविष्ट गर्न सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहका लागि लग इन गर्ने विवरणहरु आयोगबाट यस अगाडि नै उपलब्ध गराइसकिएकोमा कुनै कारणवश उपलब्ध हुन नसकेको खण्डमा आयोगको ई–मेल ठेगाना (csgrants.npc.gov.np) मा आधिकारिक पत्राचारमार्फत पुनः प्राप्त गर्न सकिनेछ।

आयोजना वा कार्यक्रम प्रस्तावसम्बन्धी सर्त, आवश्यक कागजात, सूचना तथा फाइलहरु आयोगको वेबसाइट www.npc.gov.np तथा www.csgrants.gov.np मा उपलब्ध छन्। यससम्बन्धी अद्यावधिक जानकारी आयोगको वेबसाइटमा क्रमशः प्रकाशित गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS