IME Life New

वित्तीय विवरणले देखायो सिद्धार्थ बैंकको अस्तव्यस्त चित्र !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकका सूचकहरु निकै खस्किएको अवस्थामा पुगेका छन्। बैंकको महत्वपूर्ण मानिने सूचकहरु खस्किरहँदा सार्वजनिक भएको चालु आर्थिक वर्षको पुससम्मको वित्तीय विवरणले बैंकको अस्तव्यस्त चित्र उजागर गरेको छ।

चालु आर्थिक वर्षको पुससम्ममा सिद्धार्थ बैंकको नाफा ५३.३६ प्रतिशतले घटेको छ। दोस्रो त्रैमाससम्ममा बैंकको नाफा ५३ करोड २ लाख २९ हजारमा खुम्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको नाफा १ अर्ब १३ करोड ६८ लाख २२ हजार रुपैयाँ थियो। यो निकै ठूलो गिरावट हो।

Esewa
Crest

यस अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ४.५ प्रतिशत पुगेको छ। विगतमा दिएका कर्जा उठाउन नसक्दा बैंकको निष्क्रिय कर्जा बढेको बढ्यै छ। गत आर्थिक वर्षको पुससम्ममा बैंकको निष्क्रिय कर्जा २.५६ प्रतिशत थियो। यसबीचमा बैकको निष्क्रिय कर्जा १.९४ प्रतिशत विन्दुले बढेको हो। निष्क्रिय कर्जा बढेसँगै बैंकको प्रोभिजनिङ रकम पनि बढेको छ। चालु आर्थिक वर्षको पुससम्ममा बैंकको प्रोभिजनिङ २ अर्ब २६ करोड ५१ लाख ४५ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको प्रोभिजनिङ रकम १ अर्ब १८ करोड ४० लाख ६४ हजार रुपैयाँ थियो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिसम्म बैंकको यस्तो आम्दानी ८.६५ रुपैयाँ घटेर ७.५३ रुपैयाँमा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८.६१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

राहुल अग्रवाल अध्यक्ष तथा सुन्दरप्रसाद कँडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको बैंकको सूचकमात्र अस्तव्यस्त होइन सुशासनमा पनि उस्तै कमजोर अवस्था छ। बेला–बेलामा सार्वजनिक हुने घटनाक्रमहरुले त्यसलाई पुष्टि गर्ने गरेका छन्। केही महिना अघिमात्रै जनकपुरधामको मिल्स एरियास्थिति सिद्धार्थ बैंकको शाखा कार्यालयबाट ऋण लिएका दिनेशराय कुर्मीले ३५ लाख रुपैयाँ ऋण लिएकामा बैंकले कर्जा नियमित नभएको भन्दै लिलामीको सूचना निकालेको थियो। कर्जाको साँवा–ब्याज चुक्ता गर्न भनेर बैंकमा पुग्दा कुर्मीले आफ्नो जग्गा बिक्रीमा राखिएको थाहा पाएका थिए।

सोही काण्डको विरोधमा कुर्मीको समूहले स्थानीय जनकपुर उद्योग वाणिज्य संघको सहयोगमा प्रदर्शन गरेको थियो। भीडले उग्ररुप लिएपछि प्रहरीले बैंकका शाखा प्रबन्धक अर्ण बलम्पाकी र ऋण अधिकृतलाई सुरक्षा दिनुपरेको थियो। विवादको कुरा छताछुल्ल भएपछि उसले यसलाई साम्य बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS