IME Life New

अधिकांश सूचकमा हिमालयन लघुवित्तको छलाङ, व्यापारमा पनि उल्लेख्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा संस्थाले १ करोड ६० लाख नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा संस्थाको नाफामा ३९५.६८ प्रतिशतको उछाल आएको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा यो ३९५.७३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ७५ लाख ११ हजार रुपैयाँ सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि ३०.७१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ११ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा वर्षसम्म बढेर १५ करोड ३३ लाख रुपैयाँ भएको छ।

समीक्षा वर्षमा संस्थाले ४ अर्ब ३६ करोड ७७ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ६० करोड २६ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ७४ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। संस्थाको व्यापारमा पनि उल्लेख्य सुधार आएको देखिन्छ।

चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार २३.५३ प्रतिशतले बढेर १२ करोड २ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड ९१ लाख रुपैयाँ थियो। संस्थाको शेयर प्रिमियममा ४ करोड ५५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.६९ प्रतिशत थियो। खराब कर्जा बढेसँगै संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर १ करोड १७ लाख रुयैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७८ लाख ३१ हजार रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.३० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ३.२९ रुपैयाँ थियो। पीई रेसियो ५७.८६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२३.३७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS