IME Life New

क्रेस्ट माइक्रो लाइफको आइपीओ आजबाट, कस्तो छ कम्पनी ? (वित्तीय प्रक्षेपणसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आइपीओ जारी गर्न लागेको छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबर अर्थात २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयर खरिद आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।

आइपीओ जारी गर्ने क्रेस्ट माइक्रो लाइफ दोस्रो लघु बीमा कम्पनी हो। यसअघि गार्डियन माइक्रो लाइफले आइपीओ जारी गरेर बाँडफाँडसमेत गरिसकेको छ।

वित्तीय प्रक्षेपण

कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ मा ५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ। यो नाफा आउँदो वर्ष २०८२।८३ मा बढेर ११ करोड ८५ लाख रुपैयाँ २०८३।८४ मा १५ करोड ४८ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

यसैगरी कुल आम्दानी प्रिमियम चालु आर्थिक वर्ष २०८१।८२ मा ५१ करोड ३८ हजार रुपैयाँ हुने अनुमादन गरिएको छ। आउँदो वर्ष २०८२।३२ मा कुल आम्दानी प्रिमियम ७५ करोड ८६ लाख रुपैयाँ र २०८३।८४ मा १ अर्ब ९ करोड ७ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

यसैगरी लगानी र ऋणबाट आम्दानी चालु आर्थिक वर्ष २०८१।८२ मा ६ करोड ४१ लाख रुपैयाँ, २०८२।८३ मा १० करोड ११ लाख रुपैयाँ र २०८३।८४ मा १४ करोड ७ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।

यसैगरी चालु आर्थिक वर्ष २०८१।८२ मा महाविपत्ति कोष ३६ लाख ८१ हजार रुपैयाँ, २०८२।८३ मा १ करोड १८ लाख रुपैयाँ र २०८३।८४ मा २ करोड २७ रुपैयाँको हुने प्रक्षेपण गरिएको छ। सञ्चित मुनाफा भने चालु आर्थिक वर्ष २०८१।८२ मा २ करोड ६९ लाख रुपैयाँ, २०८२।८३ मा ९ करोड ९४ लाख रुपैयाँ र २०८३।८४ मा १९ करोड ६२ रुपैयाँ हुने अनुमान गरिएको छ।

प्रक्षेपित विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) चालु आर्थिक वर्ष २०८१।८२ मा ७.७४ रुपैयाँ, २०८२।८३ मा १५.८१ रुपैयाँ र २०८३।८४ मा २०.६५ रुपैयाँ पुग्नेछ।

प्रतिशेयर नेटवर्थ भने चालु आर्थिक वर्ष २०८१।८२ मा १०९.३१ रुपैयाँ, २०८२।८३ मा १२५.१८ रुपैयाँ र २०८३।८४ मा १४५.९३ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

क्रेडिट रेटिङ

इक्रा नेपालले क्रेस्ट माइक्रो लाइफलाई (इक्राएनपी–आईआर)बीबी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्य रुपमा सुरक्षित रहेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS