IME Life New

सावधानः ह्वाट्सएपको यो फिचरले निम्त्याउन सक्छ समस्या !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएप एउटा लोकप्रिय म्यासेजिङ एप हो। विश्वभर यसका करोडौँ प्रयोगकर्ता छन्।

ह्वाट्सएपमा थुप्रै फिचर छन्। जसको प्रयोग निकै हुने गरेको छ। तर, यो विशेष फिचर पनि रहेको छ। जसले प्रयोगकर्तालाई समस्यामा पार्न सक्छ।

Esewa
Crest

ह्वाट्सएपमा ‘भ्यु वान्स’ फिचर छ। यो फिचरमार्फत पठाइएको फोटो एकपटक हेर्नेबित्तिकै तत्कालै डिलिट हुन्छ।

भ्यु वान्समार्फत पठाइएको फोटो न त सेभ हुन्छ न स्क्रिनसट नै लिन सकिन्छ। यही कारणले थुप्रै प्रयोगकर्ताले यसलाई सुरक्षित मान्छन्।
भ्यु वान्स फिचर सोचेजस्तो सुरक्षित भने छैन। जुन कुरामा धेरै कम प्रयोगकर्ताले विश्वास गर्छन्।

वास्तवमा भ्यु वान्स फिचरमार्फत पठाइएको फोटो फेरि हेर्न सकिन्छ। यो फिचरमा एउटा त्रुटि पाइएको छ। जुन प्रयोगकर्ताको प्राइभेसीका लागि खतरा साबित हुन सक्छ।

हाललाई ह्वाट्सएपको भ्यु वान्स फिचरमा देखिएको त्रुटि आइफोनमा मात्रै पाइएको छ। मिडिया रिपोर्टको दाबीअनुसार आइफोन प्रयोगकर्ताले भ्यु वान्समार्फत पठाइएको फोटो बारम्बार हेर्न सक्छन्। यसका लागि आइफोन प्रयोगकर्ताले एउटा विशेष प्रक्रिया फलो गरिरहेका छन्।

यो प्राविधि त्रुटि हो वा अरु केही भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन। ह्वाट्सएप प्रयोगकर्ताको प्राइभेसी कायम राख्न मेटाले थुप्रै फिचर ल्याएको छ। यसमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल पिक्चर पनि हाइड गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS