IME Life New

निफ्राले घटायो दीर्घकालीन निक्षेपको ब्याजदर, अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले दीर्घकालीन निक्षेपको ब्याजदर घटाएको छ।

निफ्राले एक सूचना निकाल्दै आज माघ १४ गतेबाट लागू हुने गरी दीर्घकालीन निक्षेपको ब्याजदर घटाएको हो। निफ्राले अब दीर्घकालीन निक्षेपमा व्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर दिनेछ। यस्तो निक्षेप ५ वर्षदेखि १० वर्षसम्मको हुनुपर्नेछ।

Esewa
Crest

यसअघि पुसमा निफ्राले दीर्घकालीन निक्षेपमा व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज दिएको थियो।

यसैगरी निफ्राले १० वर्षदेखि माथिको दीर्घकालीन निक्षेपमा व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यी दुवै दीर्घकालीन निक्षेपमा संस्थागतले न्यूनतम ५ करोड रुपैयाँ र व्यक्तिले १ करोड रुपैयाँ राख्नुपर्ने निफ्राले जनाएको छ।

यसैगरी निफ्राले परियोजना कर्जा आधारदरमा ४ प्रतिशत प्रिमियम थपेर प्रवाह गर्ने भएको छ। निफ्राको आधारदर ७.०९ प्रतिशत रहेको छ।

ब्रिज ग्याप लोनको ब्याजदर भने परियोजना कर्जाको भन्दा ०.५ प्रतिशत बढी हुने निफ्राले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS