IME Life New

रिलायन्स फाइनान्सले दिगो ग्रुपको विद्युतीय गाडी फाइनान्स गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दिगो ग्रुप र रिलायन्स फाइनान्सले नेपालमा विद्युतीय सवारीसाधन खरिदकर्ताहरुलाई प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्न साझेदारीमा प्रवेश गरेका छन्। माघ १० गतेबाट आधिकारिक रुपमा सुरु भएको यो सहकार्यले विद्युतीय व्यावसायिक सवारीसाधनलाई अझ सुलभ बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ।

सम्झौता अन्तर्गत रिलायन्स फाइनान्सले सवारीसाधनको लागतको ७०% सम्म ऋण प्रदान गर्नेछ। यी ऋणहरु आकर्षक ब्याजदर, लचिलो भुक्तानी सर्त र आवेदन प्रक्रियाभरि व्यक्तिगत परामर्शको साथ आउँछन्।

Esewa
Crest

यस साझेदारीअन्तर्गत ११–सिटर, १४–सिटर, १६–सिटर र १९–सिटर विद्युतीय सवारीसाधनसहित दिगोका सबै व्यावसायिक गाडीहरुका लागि वित्तीय विकल्पहरु उपलब्ध हुनेछन्।

दिगो ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत सौरव श्रेष्ठ र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले हस्ताक्षर गरेपछि सम्झौताले औपचारिक रुप लिएको छ। यो साझेदारीले दिगो सवारीसाधन अपनाउन सरल बनाउन साथै दिगोका ग्राहक तथा व्यवसायीलाई गाडी खरिद गर्न थप सहज बनाउने छ।

रिलायन्स फाइनान्सको राष्ट्रव्यापी उपस्थितिसँगै ग्राहकले अब नेपालभरका आफ्ना कुनै पनि शाखामा दिगोको गाडीहरु फाइनान्सका लागि आवेदन दिन सक्छन्। यो पहलले खरिद प्रक्रियालाई सरल बनाउनेमात्र होइन तर वातावरणीय रुपमा दिगो यातायात समाधानहरु अपनाउन पनि प्रोत्साहित गर्दछ।

मिसन जेरो एमिसनको आफ्नो उदेश्य साथ दिगो ग्रुपले नेपालमा विद्युतीय सवारीसाधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ। उनीहरुले नेपाली बजारमा विद्युतीय सवारीसाधनको बिक्री, वितरण, सर्भिस र स्पेयर पाट्र्सका साथै दिगोमार्फतका अन्य संस्थाहरुले विद्युतीय सवारीसाधन भाडामा दिने र चार्जिङ समाधानहरु उपलब्ध गराउँछ भने नेपाली राजमार्गमा विभिन्न स्थानमा दिगो ई–स्टपले सस्टेनेबल रेस्ट स्टपको स्थापना गर्दै आएको छ।

नेपालमा इन्धन सवारीसाधनको प्रयोगमा कमी ल्याउन र आत्मनिर्भर विद्युतीय ऊर्जाको प्रवर्द्धन गरी वातावरण र आर्थिक दिगोपन दुवैलाई प्रवर्द्धन गर्न यो एउटा ठूलो पहल रहेको रिलायन्स फाइनान्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS