IME Life New

डिजिटल कारोबारमा हुने ठगी पत्ता लगाउन ईसेवाले ‘एआई’ प्रयोगमा ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले डिजिटल कारोबारका माध्यमबाट हुने ठगी र संधिग्ध गतिविधि नियन्त्रण गर्नका लागि कृत्रिम बुद्धिमत्ता अर्थात्  एआईको प्रयोग गर्ने भएको छ।

कम्पनीको १६ औं वार्षिकोत्सवका अवसरमा जारी प्रेस विज्ञप्तीमा इसेवाले डिजिटल भुक्तानी सेवालाई विश्वसनीय बनाउनका लागि पूर्ण सुरक्षित कारोबार सेवा सुनिश्चित गर्न कारोबार निगरानीमा एआइको प्रयोग गर्न लागिएको जानकारी दिएको हो।

Esewa
Crest

कम्पनीले विज्ञप्तीमा भनेको छ,यसमा हामीले अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ हाम्रा उपभोक्तासँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ । यसले इसेवा प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत बचत योजना र लगानीका अवसरहरू उपलब्ध गराएर वित्तीय स्वतन्त्रता प्रदान गर्दछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

इसेवाले डिजिटल भुक्तानी कारोबारमा मात्र सीमित नभएर बचत तथा लगानीको अवसरका लागि पनि डिजिटल वालेटलाइ माध्यमका रूपमा प्रयोग गर्न सकिने सुविधा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। इसेवाका अनुसार प्रतिफल प्राप्त हुने प्रकृतीका म्युचुअल फण्ड, ऋण पत्र लगायतका वित्तीय उपकरणमा सहजरूपमा लगानी गर्न सकिने विकल्प डिजिटल वालेटमार्फत नै उपलब्ध हुनेछ।

यसबाहेक इसेवाले आफ्ना प्रयोगकर्ता ग्राहकलाई उनीहरूको कारोबार इतिहास तथा रेटिङ(वर्गिकरण)का आधारमा बिना झण्झट लघु ऋण सुविधा समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएको छ। हाल यस्तो सुविधा इसेवाको बिक्रेताहरूमा मात्र सीमित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS