IME Life New

नेपालमा अनलाइन जुवा खेलाउने साइट छ्यापछ्याप्ती, नियामक माैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिहीनेत र लगानी बिना नै छोटो समयै धनी बन्ने लालसा पालेर बसेकाहरूलाइ माछा जालो थाप्दै अनलाइन जुवा कम्पनीहरूले खुल्लारूपमा नेपालमा ठगी धन्दा सञ्चालन गरि रहेका छन्।

वानएक्स बेट, हिमा बेट लगायतका जुवा र सट्टेबाजी खेलाउने साइटहरूले निर्वाधरूपमा सामाजिक सञ्जालमार्फत विज्ञापन प्रकाशन प्रशारण गर्दै नेपाली ग्राहकलाइ अवैध जुवाका लागि आह्वान गरिरहेका छन्।

Esewa
Crest

नेपालमा जुवा ऐन २०२० ले जुवा वा सट्टेबाजीमा प्रतिबन्ध लगाएको छ। सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै पनि खेल जुवा हो । काैडा, तास, भाग्यशाली उपहार योजना, अनलाइन जुवा, क्यासिनोमा खेलिने जुवा(नेपाली नागरिकको हकमा) अवैध मानिन्छ।

सूचना संचार प्रविधिको प्रयोग गरेर हुने अवैध गतिविधि नियन्त्रणको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणको हो। यसले दूर सञ्चार सेवा वा पूर्वाधारको प्रयोग गरेर हुने अवैध गतिविधिमाथि निगरानी, नियन्त्रण र प्रतिबन्ध  लगाउनु पर्छ। तर पछिल्लो समयमा फेसबुक लगायत सामाजिक सञ्जालको माध्यमबाट खुल्लारूपमा जुवा सट्टेबाजीको प्रचार प्रसार भइरहँदा पनि नियामकले नियन्त्रण गर्न सकेको छैन।

आम सञ्चारमाध्यमले ध्यानाकर्षण गराएपछि वान एक्स बेटको साइट बन्द गराएको प्राधिकरणले ‘वनएक्सबेट एनपी डटकम’  खुल्लारूपमा सञ्चालन भइरहेको भेउ नै नपाए झैं गरेको छ। वनएक्स बेटको पुरानो साइट खोल्दा अहिले नयाँ साइट खुल्न थालेको छ, जहाँबाट अनलाइन जुवाको सहज पहुँच हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS