IME Life
GBIME

एक महिनामा निर्जीवन बीमकको व्यापार ३ अर्ब ७० करोड, कुनको कति ?

SPIL
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल २ लाख ५१ हजार ७४३ वटा बीमा पोलिसी बिक्री गरी कुल ३ अर्ब ७० करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ८४ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३६ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३५ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले २७ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २६ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।त्यसैगरी ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २१ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १९ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १७ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १४ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यता प्रभु इन्स्योरेन्सले १३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ७ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS