IME Life New

निर्धन उत्थान लघुवित्तद्वारा व्यवसायिक भैंसी तथा गाई पालन तालिम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था धनुषाधामका ३१ जना ग्राहक सदस्यहरुको सहभागितामा २०८१ माघ ८ गते देखि १० गते सम्म “व्यावसायिक भैंसी तथा गाई पालन तालिम” प्रदान गर्न लागिएको छ ।

तालिमको उद्घाटन तथा दीप प्रजल्लन कार्यक्रममा प्रमुख अतिथी धनुषाधाम न.पा.३ का वडा अध्यक्ष जय नारायण यादव, विशष्ट अतिथी निर्धन सस्थाका उपाध्यक्ष जनार्दन देव पन्त र निर्धन संस्थाका कार्यकारी अधिकृत अञ्जु पाण्डे रहेका थिए ।

Esewa
Crest

कार्यक्रममा पन्तले ब्यववसायिक परियोजना तथा वित्तीय साक्षरता संबन्धि पुस्तक अध्यक्ष जय नारायण यादवलाई प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी यादवले आफ्नो मन्तव्य मार्फत संस्थाद्धारा संचालन गर्न लागेको सीप विकास तालिमले जन समुदायमा सचेतना वृद्धि गर्ने जानकारी दिए ।

जन समुदायले जिविकोपार्जनको लागि पशुपालन गर्ने गरेका छन्, उनीहरुलाई पशु बिरामी पर्दा के कस्तो किसिमको हेरचाह तथा स्वास्थ्य उपचार चाहिन्छ सोको बारेमा विशेष जानकारी नभएको र पशु विशेषज्ञ उपचार गर्न जाँदा समेत उपचार गर्न अग्रसर नभएको देखिन्छन् । त्यसैले हरेक गाँउ समुदायमा यस किसिमको तालिम प्रदान गर्न सकेमा पशुपालन व्यवसायमा ठूलो परिवर्तन हुने तथा स्थानियको आय बृद्धिहने छ भन्दै संस्थालाई धन्यवाद दिए ।

त्यसैगरी कार्यक्रमका विशष्ट अतिथी जनार्दन देव पन्तले तालिममा उपस्थित सहभागीहरुलाई आजको आवश्यकता भनेको उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुंच पु¥याउनु नै महत्वपूर्ण हुने र सोका लागि सीप विकास तालिम अति नै आवश्यक भएको बताए ।

पन्तले हाल ग्राहक सदस्यहरुले जिविकोपार्जनको हिसाबले १–२ वटा भैंसी तथा गाई पालन गरेर आफ्नो जिविको पार्जन गर्ने गरेकोमा सीप विकास सम्बन्धी व्यवसायिक शिक्षा लिई यसैलाई व्यवसाय बनाउन सकेमा वैदेशिक रोजगारीमा समेत जान नपर्ने बताए । उदाहरण स्वरुप १ वटा मुर्रा भैंसी पालन गरेर दैनिक सरदर १० लि. दुध रु. १०० का दरले बिक्री गर्दा वार्षिक रु.१ लाख ७० हजार कमाउन सकिन्छ भने १० वटा पालन गर्ने हो रु. १७ लाख सम्म आम्दानी गर्न सकिन्छ जुन कार्य हामी परिवार संगै बसेर आफ्नै देशमा कमाउन सक्छौं भने ।

कार्यक्रममा हाम्रा मेरुदण्डका रुपमा रहनु भएका सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उनीहरुको क्षमता अनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु¥याई उत्पादनमा प्रति इकाइ लागत कम गरी उत्पादकत्व बढाउदैं सानाबाट मझौला हुँदा ठूला लघुउद्यमी÷व्यवसायी बनाउने उद्धेश्य अनुरुप उन्मुख भई उहाँहरुलाई आवश्यकता अनुसार सीप बिकास, उद्यमशिलता बिकास तालिमहरु प्रदान गरिरहेका छौं उनले भने ।

त्यसैगरी निर्धन संस्थाका कार्यकारी अधिकृत अञ्जु पाण्डेले आफ्नो मन्तव्यमा तालिममा उपस्थिती सहभागीहरुले पशुपालन निर्वाहमुखी रुपमा गर्दै आईरहेकोमा यस संस्थाद्धारा प्रदान गरेको तालिमको माध्यमबाट सीप तथा ज्ञान हासिल गरी निर्वाहमुखीबाट व्यवसायिक रुपमा पशुपालन गरी लघुउद्यमी बन्न प्रेरणा दिइन् । साथै सोको लागि निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले समेत वित्तिय सहयोग गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS