IME Life New

कामना सेवा विकास बैंकले पायो अग्राधिकार शेयर जारी गर्ने स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्न स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न पूर्वस्वीकृति दिएको हो।

अब बैंकले केही दिनभित्रै नेपाल धितोपत्र बोर्डमा अग्राधिकार शेयर जारी गर्न अनुमति माग्दै निवेदन दिनेछ। धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले अग्राधिकार शेयर जारी गर्नेछ।

Esewa
Crest

बैंकले कुल ३५ करोड रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी लागेको छ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।

यो अग्राधिकार शेयरको लाभांश दर ९ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिनेछ।

बैंकको गत असोज ३० गते भएको १८ औँ वार्षिक साधारणसभाले अग्राधिकार शेयर जारी गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो। त्यसपछि अग्राधिकार शेयर जारी गर्न बैंकले नियमनकारी निकायमा स्वीकृति लागि निवेदन दिएको थियो।

अब धितोपत्र बोर्डको स्वीकृतिपश्चात उक्त अग्राधिकार शेयर बिक्रीका लागि आह्वान हुने र सम्बन्धित नियामकीय निकायको स्वीकृतिपश्चात स्टक एक्सचेन्जमा सूचीकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

अग्राधिकार शेयर जारी गरेपश्चात बैंकको पुँजीकोष वढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयर लगानीको उचित माध्यम हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS