IME Life New

लगानीमैत्री वातावरण बन्न थालेको आशा गर्न सकिन्छ: एनबीए अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सन्तोष कोइरालाले नेपालमा लगानीमैत्री वातावरण बन्न थालेको आशा गर्न सकिने बताएका छन्।

एनबीएले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले यस्तो आशा व्यक्त गरेका हुन्। ‘अहिले सरकारले पनि विभिन्न अध्यादेशबाटै नयाँ–नयाँ कुरा ल्याइरहेको छ’, उनले भने, ‘यसले नेपालमा लगानीमैत्री वातावरण बन्न थालेको हो कि भन्ने आशा गर्न सकिन्छ।’

Esewa
Crest

लगानी बढाउनैका लागि बैंकहरु खुलेको उल्लेख गर्दै माछापुच्छ्रे बैंकका सीईओसमेत रहेका कोइरालाले बैंकहरुले निश्चित रुपमा लगानी बढाउँदै लैजाने पनि बताए। ‘त्यसका लागि लगानीको वातावरण फस्टाउनुपर्छ’, उनले भने, ‘जुन पछिल्लो समय बन्दै गएको छ।’

अध्यक्ष कोइरालाका अनुसार हाइड्रोपावर क्षेत्रमा लगानीको आशा बढेको छ। ‘बैंकहरुमा हाइड्रोपावरबा राम्रै प्रपोजलहरु आइरहेका छन्।

हामीले अप्रुभ पनि गरिरहेका छौँ’, उनले भने, ‘तर, हाइड्रोपावरमा कस्तो हुन्छ भने आज अप्रुभ गरेर भोलि नै जाने होइन । केही समय लाग्छ। त्यसैले यस अर्को वर्षदेखि हाइड्रोपावरमा लगानीको ग्रोथ देखिँदै जान्छ।’

अर्को लगानीको क्षेत्र भनेको पर्यटन रहेको कोइरालाले बताए। ‘पछिल्लो समय पर्यटन क्षेत्रमा पनि लगानी बढ्दै गएको छ’, उनले भने, ‘यो क्षेत्रमा पनि बैंकहरु आशावादी छन्।’

‘कोरोनाकालपछि कन्फिडेन्स नभए लगानी नआएको हो कि भन्ने लाग्छ’, उनले भने, ‘तर, लगानी नै नआएको भन्न मिल्दैन। केही ग्रोथ भएको छ। यो ग्रोथ राम्रो भएर जान्छ भन्ने छ।’

अहिले बैंकहरुमा अधिक तरलता रहेको कोइरालाले बताए। ‘राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तानेको तान्यै गरेको छ’, उनले भने, ‘लोन ग्रोथ भयो भने राष्ट्र बैंकले पैसा तान्ने अवस्था आउँदैन।’

अध्यक्ष कोइरालाले बैंकले लोन दिँदै सबै कुरा हेरेर दिनुपर्ने बताए। ‘त्यसै बाँड्ने कुरा भएन’, उनले भने, ‘त्यो खालको डिमान्ड नभएर हो।’

कर्जा असुली प्रभावित हुँदा बैंकहरुको वितरणयोग्य मुनाफा प्रभावित भएको कोइरालाले बताए। ‘कर्जा असुली सोचेजस्तो नहुँदा गैरबैंकिङ सम्पत्ति बढिरेको छ’, उनले भने, ‘यसले गर्दा वितरणयोग्य मुनाफा प्रभावित बनेको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS