IME Life New

अमेरिकामा टिकटकलाई ९० दिनको समय, डोनाल्ड ट्रम्पले गरे यस्तो आदेशमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालय पुगेपछि विभिन्न कार्यकारी आदेश जारी गरेका छन्। यसमा चिनियाँ सोशल मिडिया एप टिकटकसँग सम्बन्धित आदेश पनि समावेश छ।

यद्यपि टिकटकसम्बन्धी आदेशमा के लेखिएको छ भन्ने विस्तृत जानकारी हाल दिइएको छैन। तर, राष्ट्रपति ट्रम्पले टिकटकलाई ९० दिनको समय दिने कुरा गरिरहेका छन्।

Esewa
Crest

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नुअघि नै टिकटकमा कार्यकारी आदेश जारी गर्ने बताएका थिए। राष्ट्रपति कार्यालयमा एक सञ्चारकर्मीले ट्रम्पलाई सोधे, ‘तपाइँले टिकटकको खतराबारे पहिले किन चेतावनी दिइरहनुभएको थियो ?’

यस प्रश्नको जबाफमा ट्रम्पले भने, ‘यो टिकटकसँगको सम्झौतामा निर्भर गर्दछ। यदि यो एपले सम्झौता गर्दैन भने यो बेकार छ तर यदि यसले सम्झौता गर्छ भने यसको महत्व अर्बौं डलर हुनेछ।’

डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ।

यसअघि सोमबार टिकटकले अमेरिकामा आफ्नो गतिविधि बन्द गरेको थियो। तर, ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले अमेरिकामा पुनः आफ्नो सेवा सुरु गरेको थियो।

«अमेरिकी सर्वोच्च अदालतले आउँदो शुक्रबारदेखि टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS