IME Life New

दुई वर्षदेखि घाटामा रहेको प्रभु मनी ट्रान्सफरको ऋण सुविधाको रेटिङ पुनः पुष्टी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी, केयर रेटिङ्स नेपाल लिमिटेडले रेमिट्यान्स कम्पनी, प्रभु मनी ट्रान्सफर प्राइवेट लिमिटेडको लागि बैंक ऋण सुविधा सम्बन्धमा साबिकको मूल्याङ्कनलाई पुनः समर्थन गरेको छ। केयर रेटिङड्सले दीर्घकालीन बैंक सुविधाका लागि ‘केयर एनपि बी’ र अल्पकालीन ऋण सुविधाको लागि ‘केयर एनपि एफो’ रेटिङको पुनः समर्थन गरेको हो।

यो पुनः पुष्टि गत आर्थिक वर्ष २०८०।८१ मा प्रभु मनी ट्रान्सफरको कमजोर वित्तीय जोखिमलाई प्रतिबिम्बित गर्दछ, जसमा व्यापारको आकार र सञ्चालन नाफा मार्जिनको गिरावट देखा परेको छ। प्रभू मनी ट्रान्सफरले १ अर्ब आठ करोड रूपैयाँ दीर्घकालीन कर्जा र २ करोड रूपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको हो।

Esewa
Crest

कम्पनीको कुल आम्दानी गत आर्थिक वर्ष २०८०।८१ मा झण्डै ४१ प्रतिशतले खस्किएको छ। कमिशन र विदेशी मुद्रा आम्दानीमा गिरावट, बजार प्रतिस्पर्धा र अघिल्लो आर्थिक वर्ष २०७९।८० मा नेपाल राष्ट्र बैंकले घरेलु विप्रेषण सेवामा लगाएको प्रतिबन्धका कारण कारोबार आकार खुम्चिएको केयर रेटिङ्सले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। यो गिरावटसँगै उच्च ब्याज खर्च र विगतका कर मूल्याङ्कनहरूबाट उत्पन्न कर सम्बन्धी दायीत्वले कम्पनीलाई अझै वित्तीय दबाबमा धकेलेको रेटिङ्गसले टिप्पणी गरेको छ। सञ्चालन आय मार्जिन उल्लेखनीय रूपमा घट्दा पछिल्लो दुई आर्थिक वर्ष देखि कम्पनी खुद नोक्सान रहेको छ।

केयर रेटिङ्सका अनुसार अत्यधिक ऋणग्रस्त पूँजी संरचना र कमजोर ऋण सेवा कवरेज सूचकहरू परिणामस्वरूप छन्। निरन्तर खुम्चिंदो अाम्दानीका बावजुद कम्पनीले दीर्घकालीन ऋण रकममध्ये २४ करोड रूपैयाँ आंशिक पूर्व भुक्तानी गरेको छ। दीर्घकालीन ऋणको आकार खुम्चिंदा चालू आर्थिक वर्षमा केही वित्तीय राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

रेटिङ्सका अनुसार बैंक ब्याज दर उतार-चढाव, नियामक परिवर्तन, र विदेशी मुद्रा अस्थिरता जस्ता प्रमुख जोखिमहरू छन्। प्रभू मनी ट्रान्सफरको बलियो बजार उपस्थिति र विस्तृत वितरण सञ्जालले प्रतिस्पर्धी र नियामकीय चुनौतीका बाबजुद वृद्धिको अवसरलाई लाभ उठाउन ठोस आधार प्रदान गरेको टिप्पणी केयर रेटिङ्सले विज्ञप्तीमार्फत् गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS