IME Life New

नबिल बैंकको नाफा सवा ३ अर्ब, कति बनायो लाभांश क्षमता ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १.२९ प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म नबिलले ९.३८ प्रतिशत लाभांश क्षमता बनाएको छ।

बैंकको सञ्चालन मुनाफा १३.५१ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ७४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ थियो। ब्याज आम्दानी घटेर ७ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ थियो।

चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर ३० अर्ब ३० करोड ८१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २८ अर्ब ५३ करोड ७० लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ८० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ४ खर्ब ६२ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकको व्यापार बढेको छ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर १.७० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल १.२० प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २४.०५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २३.७४ रुपैयाँ थियो। पीई रेसियो २०.३६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २१९.०१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS