IME Life New

प्रभु बैंकको सबैभन्दा धेरै शेयर एसियन लाइफसँग, ठूला शेयरधनीमा सन नेपाल लाइफ पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रभु बैंकमा सबैभन्दा धेरै शेयर रहेको छ।

प्रभु बैंकको गत पुस २९ गते आर्थिक वर्ष २०८०८१ को २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो। सभामा पेस गरिएको वार्षिक प्रतिवेदनअनुसार बैंकमा एसियन लाइफको ४.९९ प्रतिशत शेयर स्वामित्व रहेको छ। एसियन लाइफसँग प्रभु बैंकको १ करोड ११ लाख ५३ हजार ८८ कित्ता संस्थापक शेयर र ६ लाख ५ हजार ९४० कित्ता सर्वसाधारण शेयर गरी कुल १ करोड १७ लाख ५९ हजार २८ कित्ता शेयर रहेको छ।

Esewa
Crest

यसैगरी प्रमु बैंकमा दोस्रो धेरै शेयर स्वामित्व गौरव अग्रवालको रहेको छ। अग्रवालसँग बैंकको ६३ लाख ४६ हजार १३९ कित्ता संस्थापक र ३३ हजार ७३ कित्ता सर्वसाधारण शेयर गरी कुल ६३ लाख ७९ हजार २१२ कित्ता शेयर रहेको छ। बैंकको उनको शेयर हिस्सा २.७१ प्रतिशत रहेको छ।

प्रभु बैंकमा कर्मचारी सञ्चय कोषको शेयर स्वामित्व २.५३ प्रतिशत रहेको छ। कोषसँग बैंकको ५६ लाख ४२ हजार ३६१ कित्ता संस्थापक र ३ लाख ९ हजार ४६६ कित्ता सर्वसाधारण गरी कुल ५९ लाख ५१ हजार ८२७ कित्ता शेयर रहेको छ।

बैंकमा प्रभु ग्रुपको २३ लाख ५४ हजार कित्ता शेयर अर्थात ०.९९ प्रतिशत शेयर स्वामित्व रहेको छ। मिजस भट्टचनसँग १८ लाख ९३ हजार ५६८ कित्ता संस्थापक र ४६ कित्ता सर्वसाधारण शेयर रहेको छ। बैंकमा उनको शेयर स्वामित्व ०.६ प्रतिशत रहेको छ।

त्यसैं बैंकमा सुदीप आचार्यको १३ लाख ३३ हजार २० कित्ता संस्थापक र ८८ हजार ९०३ कित्ता सर्वसाधारण गरी कुल १४ लाख २१ हजार ९२३ कित्ता शेयर रहेको छ। उनको शेयर स्वामित्व ०.६ प्रतिशत रहेको छ।

अम्बिका शर्मा लामिछानेसँग प्रभु बैंकको ११ लाख ४५ हजार ९३६ कित्ता संस्थापक र २ लाख ६३ हजार ५९७ कित्ता सर्वसाधारण गरी कुल १४ लाख ९ हजार ५३३ कित्ता शेयर रहेको छ। उनको स्वामित्व ०.६ प्रतिशत रहेको छ।

प्रभु बैंकमा ज्यानु श्रेष्ठको १२ लाख ६६ हजार १०९ कित्ता संस्थापक र ९४ हजार ३०५ कित्ता सर्वसाधारण गरी १३ लाख ६० हजार ४१४ कित्ता शेयर गरेको छ। उनको स्वामित्व पनि ०.६ प्रतिशत रहेको छ।

प्रभु बैंकमा राजेन्द्र भट्टचनको १३ लाख ५१ हजार ४८६ कित्ता शेयर रहेको छ। बैंकको उनको शेयर स्वामित्व ०.५७ प्रतिशत रहेको छ।

त्यस्तै स्वरुप गुरुङसँगै प्रभु बैंकको ८ लाख ९ हजार ९७६ कित्ता संस्थापक र ५ लाख २६ हजार ५१६ कित्ता सर्वसाधारण गरी कुल १३ लाख ३६ हजार ४९२ कित्ता शेयर रहेको छ। बैंकको उनको शेयर स्वामित्व ०.५७ प्रतिशत रहेको छ।

प्रभु बैंकमा नेपाल इन्भेस्टमेन्टको १२ लाख २९ हजार ३९५ कित्ता (०.५२ प्रतिशत), शिवम सिमेन्ट्सको ११ लाख ९२ हजार ८०० कित्ता (०.५१ प्रतिशत) र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख ८० हजार ८७२ कित्ता (०.५० प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS