IME Life New

सयौँ कर्मचारीलाई जागिरबाट निकाल्दै फेसबुक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपको मूल कम्पनी मेटाले सयौँ कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ।

कम्पनीले ३ हजार ६०० कर्मचारीलाई जागिरबाट निकाल्न लागेको हो। मेटाले कार्यसम्पादनमा आधारित रोजगार कटौती नीतिअन्तर्गत यो निर्णय गरेको हो।

Esewa
Crest

कम्पनीका सीईओ मार्क जुकरबर्गले यो निर्णयले कम्पनीका करिब ५ प्रतिशत कर्मचारीलाई असर गर्ने बताए। सेप्टेम्बर २०२४ को डाटाअनुसार लगभग ७२ हजार कर्मचारी मेटामा काम गर्छन्।

कम्पनीले यो निर्णयका बारेमा अमेरिकामा काम गर्ने कर्मचारीलाई फेब्रुअरी १० सम्ममा जानकारी दिन सक्नेछ। अमेरिकाबाहिर काम गर्ने कर्मचारीलाई पछि सूचित गरिनेछ।

यसअघि सन् २०२३ मा पनि कम्पनीले करिब १० हजार कर्मचारीलाई जागिरबाट निकालेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS