IME Life New

आशिका तामाङले भिडियो लाइभ गर्न लगाउँछिन् आधा लाख पर्ने चश्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कथित सामाजिक अभियन्ताको परिचयमा सामाजिक सदभावमा खलल पुर्‍याएको भन्दै प्रहरी कारवाही भोगि रहेकी आशिका तामाङले भिडियो खिच्न झण्डै आधा लाख रूपैयाँ पर्ने चश्मा प्रयोग गरेको पाइएको छ।

उनले ६ जनवरीमा पशुपति विकास कोषमा विवाद गरेपछि प्रहरी वृत गाैशालाले उनलाइ बुधबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेपछि प्रहरी कार्यालयमा रहँदा समेत उनले त्यहाँको सम्पूर्ण दृश्य कैद गर्न भ्याइन् , यद्दपी उनी स्वयम भने क्यामेरा पछाडी रहेकी थिइन् ।

Esewa
Crest

प्रहरीले अभद्र व्यवहारको कसुरमा उनीविरूद्ध कारवाहीको प्रकृया अघि बढाएको छ। उनलाइ प्रहरी कार्यालयबाट हिरासतमा राख्नु अघि नै फेसबुकमा प्रहरी कार्यालयमा भएको विवादका दृश्यहरू फेसबुक पेजमा राख्न भ्याएकी थिइन् ।

तामाङले प्रयोग गरेको चश्मा सामान्य खाले चश्मा होइन। यो चश्मा क्यामेरा जडित महँगो चश्मा मध्येको हो। उनले प्रयोग गर्ने चश्माको बिडको अघिल्लितिर दुबैतर्फ सानो क्यामेरा लेन्स जडान गरिएको तस्वीर देख्न सकिन्छ।

अचेल प्रचलनमा रहेको उनले लगाएको क्यामेरा जडित चश्मा फेसबुकको माउ कम्पनी मेटा र चश्मा उत्पादक कम्पनी रेबनको सहकार्यमा उत्पाद भएको हो। मेटाले दुइ वर्ष अघि नै यो चश्मा सार्वजनिक गरि सकेको थियो । सन् २०२४ मा सार्वजनिक गरिएको नयाँ मोडेलको चश्मामा सामाजिक सञ्जालमार्फत लाइभ भिडिओ प्रशारण र एआई विशेषता समेत छन् ।

हाल मेटाका दुइ उत्पादन मेसेन्जर र ह्वाट्सएपमा यो चश्माको माध्यमबाट प्रयोगकर्ताले भिडिओ कल गर्न सक्छन् । साथै लाइभ प्रशारण पनि गर्न सक्छन् । यो चश्मामा १२ मेगापिक्सेलको क्यामेरा जडित छ ।

तामाङले खिचेका भिडियोको अवधि हेर्दा उनले १ मिनेटभन्दा लामो समसयम्म भिडियो खिच्न सक्ने क्यामेरा जडित चश्मा प्रयोग गरिरहेको देखिन्छ। मेटाका अनुसार यस्तो चश्माको मूल्य  ३२९ डलर (करिब ४५ हजार ५४४ रुपैयाँ) सम्म पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS