IME Life New

हिमालयन बैंकको वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको आर्थिक वर्ष २०८०/८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले शेयरधनीहरुलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याईसकेको जानकारी गराए । तथापी आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी दिए । यसका साथै बैंकले नयाँसडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य प्रारम्भ गरिसकेको जानकारी गराए ।

Esewa
Crest

यस पश्चात् बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि बैंकको खुद मुनाफा रु. एक अर्ब तेइस करोड त्रियासी लाख तीन हजार रहेको र Other Comprehensive Income गणना गर्दा बैंकको खुद आम्दानी रु. एक अर्ब दुई करोड उनान्चालिस लाख एक हजार रहेको जस मध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने रु. चौबीस करोड छयत्तर लाख साठी हजार छुट्याइएको जानकारी दिए ।

त्यस्तै, बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब सन्तानब्बे अर्ब बहत्तर करोड त्रिपन्न लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब सत्चालिस अर्ब दश करोड ९० लाख रहेको जानकारी दिए । सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः रु. तीन खर्ब पच्पन्न अर्ब त्रिहत्तर करोड ५८ लाख र रु. ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले रु.२ अर्ब ८८ करोड ५४ लाख मात्र संचालन मुनाफा आर्जन गरेको र खुद मुनाफा रु. १ अर्ब २३ करोड ८३ लाखमा सिमित भएको जनाए ।

यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही रु. १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट रु १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS