IME Life New

कोशी प्रदेशका जलविद्युत आयोजनाहरुको कुल विद्युत उत्पादन क्षमता ६५३ मेगावाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशमा सञ्चालित विद्युत आयोजनाहरुको कुल उत्पादन क्षमता साढे ६०० मेगावाटभन्दा बढी रहेको छ।

नेपाल राष्ट्र बैंकले तयार गरेको गत आर्थिक वर्ष २०८०।८१ को कोशी प्रदेशको आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार कोशी प्रदेशमा सञ्चालिन जलविद्युत आयोजनाहरुको कुल विद्युत उत्पादन क्षमता ६५३.५५ मेगावाट रहेको छ।

Esewa
Crest

समीक्षा आर्थिक वर्षमा कोशी प्रदेशमा निर्माण सम्पन्न ६ वटा जलविद्युत र एउटा सोलार गरी ७ वटा आयोजनाको विद्युत उत्पादन क्षमता १६८.५ मेगावाट रहेको छ। कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरुको सबैभन्दा बढी २४५.४ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ।

यस प्रदेशका जिल्लाहरुमध्ये इलाममा १६ वटा, संखुवासभामा ८ वटा, सोलुखुम्बुमा ७ वटा, पाँचथर र ताप्लेजुङमा ५–५ वटा, खोटाङ र भोजपुरमा ३–३ वटा तेह्रथुम र ओखलढुंगामा १–१ वटा जलविद्युत आयोजना रहेका छन् भने झापा र मोरङमा १–१ वटा सोलार विद्युत आयोजना रहेका छन्।

कोशी प्रदेशको प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विराटचोक–घिनाघाट सडक आयोजनाको आर्थिक वर्ष २०८०।८१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा २०८१ असार मसान्तसम्म प्याकेज १ (११ किलोमिटर) को भौतिक तथा वित्तीय प्रगति क्रमशः ८८ प्रतिशत र ९० प्रतिशत रहेको तथा प्याकेज–३ (२ किलोमिटर) को भौतिक तथा वित्तीय प्रगति क्रमशः १०० प्रतिशत र ९९ प्रतिशत रहेको छ भने प्याकेज–२ (९ किलोमिटर) को निर्माण सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS