IME Life New

बैंकहरुले माघका लागि के गरे ब्याजदर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वाणिज्य तथा विकास बैंकहरुले माघमा ब्याजदर स्थिर राखेका छन्।

अधिकांश बैंकहरुले भोलि माघ १ गतेदेखि लागू हुने ब्याजदर आज पुस २९ गते सार्वजनिक गरेका छन्। हालसम्म प्राप्त केही बैंकहरुको सूचना हेर्दा सबैले पुसकै ब्याजदरलाई माघमा निरन्तरता दिएका छन्।

Esewa
Crest

अहिलेसम्म वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई, एनआईसी एसिया, लक्ष्मी सनराइज, एभरेष्ट, कुमारी,प्रभु र नेपाल बैंकको सूचना प्राप्त भएको छ। यी सबैले पुसकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर माघमा निरन्तरता दिएका छन्।

पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमईले ५.७५ प्रतिशत, एनआईसी एसियाले ६.६० प्रतिशत, लक्ष्मी सनराइजले ५.७५ प्रतिशत, एभरेष्टले ६ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत प्रभुले ६.१० प्रतिशत र नेपाल बैंकले ५.६० प्रतिशत दिएका थिए। माघमा पनि यही ब्याजदर ग्राहकहरुले पाउने भएका छन्।

यसैगरी सिटिजन्स बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि पुसकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई माघमा पनि निरन्तरता दिएका छन्। पुसमा सिटिजन्सले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.५ प्रतिशत, सानिमाले ६.०५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत दिएको थियो। अब यही ब्याजदरले माघ पनि निरन्तरता पाउनेछ।

उता राष्ट्रियस्तरका विकास बैंकहरु गरिमा, कामना सेवा र महालक्ष्मीले पनि पुसमा दिइएको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्। पुसमा यी तीनवटै विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याजदर दिएका थिए। अहिले यी ब्याजदरलाई माघ पनि निरन्तरता दिएका छन्।

यसरी अहिलेसम्म प्राप्त सूचना हेर्दा वाणिज्य बैंक र विकास बैंकहरुले पुसकै ब्याजदरलाई माघमा निरन्तरता दिने अनुमान लगाउन सकिन्छ।

नियामकीय प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत बढी रेमिट्यान्स खातामा र १ प्रतिशत कम संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS