IME Life New

जीवन विकास लघुवित्तको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७०/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनश शेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि शेयर सदस्यहरुका लागि १४ प्रतिशत बोनश वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनश शेयरको कर प्रयोजन समेतका लागि हो ।

Esewa
Crest

संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

३१ जिल्लामा जीवन विकास
जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेवा ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा थियो । लघुवित्त कार्यक्रम विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको हो । जीवन विकासको शाखा संख्या १६० वटा छन् ।

१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

जीवन विकासले अन्य बैंक सहर नै आफ्ना सदस्यहरुलाई डिजिटल सेवा प्रवाह गरिरहेको जानकारी दिए । ‘डिजिटल सेवा तर्फ जीवन विकासले सदस्यलाई कमर्सियल बैंक भन्दा कम सेवा दिएको छैन, सदस्यलाई सबै सुविधा दिएका छौं, गाउँगाउँमा ह्युमन एटिएमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने,‘ जीवन विकासबाट डिजिटल क्षेत्रमा नमुना योग्य काम गरेका छौँ ।’

नेपालको दोस्रो ठूलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ । लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
साधारणसभा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विक्रमराज सुवेदीले लघुवित्तका लागि विभिन्न अवरोध सृजना भइरहेको बताए ।

असहज परिस्थीतिमा पनि लघुवित्तले सदस्यलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताए । ‘आर्थिक मन्दीको प्रभावको कारण व्यापार, व्यवसाय तथा रोजगारीमा आएको संकुचनले समग्र लघुवित्त क्षेत्रलाई नकारात्मक असर गरेको छ,’ उनले भने,‘केही समूह तथा व्यक्तिहरुले लघुवित्त वित्तीय संस्थाहरु विरोधी गतिविधि संचालन गरी लघुवित्त कार्यक्रममा अवरोध सृजना गर्ने, लघुवित्त संस्थाहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिने, कर्मचारीहरुलाई गालीगलौज तथा हातपात गर्ने, सोझासिधा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याउने कार्य भइरहेको छ ।’
आर्थिक क्षेत्रको अवस्था क्रमिक रुपमा सुधार हुने बताउँदै उनले भने,‘विषम परिस्थितिमा पनि सबै कर्मचारीहरुको अथक परिश्रमबाट चुनौतीहरुलाई अवसरका रुपमा परिणत गर्दै विपन्न तथा असहाय परिवारलाई आयमुलक कार्यमा सामेल गराई सहयोग गर्ने कार्यहरु प्रभावकारी भएका छन् ।’

‘लघुवित्तमाथि प्रहार भइरहेको छ : मण्डल
जीवन विकासको साधारणसभा उद्घाटन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि प्रहार भइरहेको बताएका छन् । व्यवस्थीत रुपमा सञ्चालन भइरहेका लघुवित्तलाई धरासायी बनाउनका लागि योजनावद्ध रुपमा प्रहार भइरहेको बताएका हुन् ।

विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन कमजोर बनाउने गिरोह सक्रिय रहेको उनको भनाई छ । लघुवित्त विरुद्धको अभियान कमजोर भइरहेकाले विचलित नभइ सेवा प्रहाव गर्न लघुवित्तलाई आग्रह गरे ।

जीवन विकासको संस्थापकसमेत रहेका मण्डलले ग्रामीण अर्थतन्त्रको विकासका लागि लघुवित्त आवश्यक रहेकाले यसको संरक्षणमा सबै निकायले ध्यान दिनुपर्ने बताए । उनले लघुवित्तको सञ्चालक र व्यवस्थापन समितिलाई सहज र व्यवस्थीत रुपमा सदस्यहरुलाई सेवा प्रवाहमा केन्द्रीत हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS