IME Life New

बैंकहरुमा साढे २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको हो। जसअनुसार राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३८ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राखिने जनाएको छ।

Esewa
Crest

राष्ट्र बैंकले मुद्दति निक्षेपमा रुपमा रकम राख्ने चाहिने बैंकलाई ब्याजदर प्रस्ताव आह्वान गरेको छ। इच्छुक बैंकहरुले माघ २ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सक्नेछन्।

यो मुद्दति निक्षेपको लगानी २०८१ माघ ६ गतेदेखि २०८२ माघ ६ गतेसम्म ३६६ दिनको हुन राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS