IME Life
GBIME

शेयर बजारमा थप पौने १८ अर्ब बढी लगानी भित्रियो, १९.८% ले बढ्यो शेयर लोन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म बैंकहरुबाट थप करिब पौने १८ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १ महिनामा बैंकहरुबाट १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको ५ महिनामा बैंकहरुबाट थप १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। असारको तुलनामा मंसिरसम्म १९.८ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

Crest

कात्तिकसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग २७.३ प्रतिशतले बढेको छ।

यसैगरी मंसिरसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ८३ करोड १८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब २७ करोड ९८ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ६४ करोड ९० लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

गत असारको तुलनामा मंसिरसम्मको ५ महिनामा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ११.३ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ५.९ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ४.६ प्रतिशतले बढेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS