काठमाडौं । निर्धन उत्थान लघुवित्त संस्थाको २६ औँ साधारण सभा निर्धन भवन नक्साल काठमाडौंमा सम्पन्न भएकोे छ । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको सभापतित्वमा सम्पन्न भएको हो । सभामा संचालक समितिका पदाधिकारी, शेयरधनी, कर्मचारी पत्रकार तथा विभिन्न संस्थाका प्रतिनिधीहरु गरि कुल २१० जनाको उपस्थिती रहेको थियो । साधारण सभामा संचालक समतिका अध्यक्ष हरिकृष्ण पन्तले आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन र साधारण सभाका प्रस्ताव माथि ५ जना शेयरधनीहरुले विचार तथा मन्तब्य राखेका थिए ।
सभामा मन्तब्य राख्दै शेयरधनी प्रा.डा. फक्त वहादुर के.सीले संस्थाको २६ औँ साधारण सभा संस्थाको उमेर गतिविधीले अग्रणी नै रहेको जनाए । संस्थापक तथा जन्मदाता डा. हरिहर देव पन्तको विपन्नहरुको सेवा गरेर गरिवी निवारण गर्ने दुरदृष्टी र उच्च छविकै कारण सफल भएको कुरामा दुविधा नरहेको बताए ।
सर्वसाधारण शेयरधनीहरुको जिज्ञासा र प्रश्नकोे जवाफ दिंदै संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले शेयरधनीको अपेक्षा अनुरुप लाभांस वितरण गर्न सक्ने आश्वासन दिए । हाल आन्तरिक तथा बाह्य वातावरणमा केही सधार भएकोे आन्तरीक संचरनामा परिमार्जन गरिएकोे, संस्थामा आन्तरीक नियन्त्रण र गुर्णस्तर सुधारको लागि कर्मचारी जिम्मेवारी संरचनामा परिमार्जन गरेर कार्यसंचालन ब्यवस्थापन गरिएकोले आगामी वर्षमा लाभांस वितरण गर्ने प्रबल सम्भावना भएको बताए ।
संस्थामा हाल सफ्टवेयर परिवर्तन गरेर असुली सम्बन्धमा प्रसस्तै सुचना हुने ब्यवस्था गरिएकोे, संचालकहरुले प्रसस्तै मार्ग निर्देशन गरेको र उनीहरुको मार्ग निर्देशनलाई आधार मानेर कार्य संचालन गरिरहेकोे जानकारी गराए । संस्थाकोे अहिले सुधारउन्मुख रहेकोेले आगामी वर्ष लाभांस वितरण गर्ने सकिने बताए ।