IME Life New

विश्वका करोडौँ कम्प्युटर हुँदैछन् कवाडी, बन्द हुँदैछ यो सपोर्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माइक्रोसफ्टको १० वर्ष पुरानो अपरेटिङ सिस्टम ‘विन्डोज १०’को सपोर्ट यो वर्ष बन्द हुन लागेको छ। अब कम्पनीले यसबाट कुनै सपोर्ट दिने छैन।

आउँदो अक्टोर २४ बाट यो अपरेटिङ सिस्टमको सपोर्ट बन्द हुनेछ। यसको अर्थ विश्वका करोडौँ कम्प्युटरलाई सेक्युरिटी अपडेट प्राप्त हुन बन्द हुनेछ।

Esewa
Crest

ती कम्प्युटरमा काम त गर्न सकिन्छ तर अपडेट भने प्राप्त हुने छैन। यो अवस्थामा ती कम्प्युटरको सिस्टम रिस्क जोनमा हुनेछ। यसको फाइदा उठाउँदै ह्याकरहरुले ती कम्प्युटरहरुलाई निसाना बनाउन सक्नेछन्।

साइबर विज्ञहरुका अनुसार विन्डोज १० मा काम गरिरहेका प्रयोगकर्ताहरुले छिटोभन्दा छिटो नयाँ विन्डोज वा अन्य अपरेटिङ सिस्टम अपडेट गर्नुपर्नेछ।

माइक्रोसफ्ट प्रयोगकर्ता विन्डोज १० को एक्सटेन्डेड सेक्योरिटी प्रोग्राम छान्न सक्नेछन्। यसमा उनीहरुले १ वर्षसम्म सेक्युरिटी अपडेट पाउनेछन्।

यदि प्रयोगकर्ताको कम्प्युटर हार्डवेयर विन्डोज ११ का लागि तयार छैन भने लिनक्स वा अन्य अपरेटिङ सिस्टममा अपग्रेड गर्न सकिनेछ। लिनक्समात्र होइन प्रयोगकर्तालाई क्रोम ओएस फ्लेक्स अप्सन पनि प्राप्त हुनेछ। प्रयोगकर्ताले आफ्नो पुरानो ल्यापटपलाई क्रोम ओएसमा अपग्रेड गर्न सक्नेछन्।

फोर्ब्सका अनुसार विश्वभर विन्डोज १० को सक्रिय प्रयोगकर्ता ८० करोडको आसपासमा छन्। जब कि विन्डोज ११ प्रयोगकर्ता साढे ४३ करोड रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS