IME Life New

सात दिनको पनि जारी हुन्छ खेलकुद बीमालेख, कति लाग्छ बीमाशुल्क ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो समय खेलकुद गतिविधिले निकै तीव्रता पाइरहेका छन्। अझै भनौँ मानिसहरुको खेलकुदप्रतिको क्रेज बढ्दै गइरहेको छ।

क्रिकेट, फुटबल, कबड्डी, टेनिसलगायतका खेलले दर्शकको ध्यान खिचिरहेको छ। खेलाडीमा पछिल्लो समय उत्साह जागिरहेको छ।

Esewa
Crest

म्याच आफ्नो पक्षमा पार्न नेपाली खेलाडीहरुले निकै मेहनत गरिरहेका छन्। उनीहरुको अभ्यास पनि निकै बढिरहेको छ। खेल खेल्दा खेलाडीमा उत्साहसँगै जोखिम पनि उत्तिकै हुन्छ। विभिन्न कारणले खेल खेलिरहेकै बेला खलाडी घाइते पनि हुन्छन्। उनीहरुले निकै चोटपटक व्यहोर्छन्। थुप्रै खर्च लाग्छ।

खेलाडीलाई चोटकै कारण हुने आर्थिक हानी हुनबाट जोगाउन खेलकुद बीमालेख आइसकेको छ।

नेपाल बीमा प्राधिकरणले गत वर्ष मंसिर १३ गते खेलकुद बीमालेख स्वीकृत गरेसँगै कम्पनीहरुले यो बीमालेख जारी गर्दै आएका छन्।

बीमकले खेलकुद बीमालेख ७ दिनको अवधिका लागि पनि जारी गर्न सक्छन्। त्यो भन्दा कम अवधिको भने जारी हुँदैन।

बीमकले ७ दिनको अवधिका लागि बीमालेख जारी गर्दा वार्षिक बीमाशुल्कको १० प्रतिशत लिनुपर्छ। त्यस्तै ८ दिनदेखि ३० दिनसम्मको बीमालेखमा वार्षिक शुल्कको २५ प्रतिशत, ३१ दिनदेखि ९० दिनसम्म ४० प्रतिशत, ९१ दिनदेखि १८३ दिनसम्म ६० प्रतिशत, १८४ दिनदेखि ३६५ दिनसम्म सतप्रतिशत बीमाशुल्क लाग्ने गर्छ।

एकपटक जारी भएको बीमालेखको बीमा अवधि बढाउन नपाइने व्यवस्था प्राधिकरणले गरेको छ।

हाल बीमकहरुले विभिन्न ५३ वटा खेलको बीमालेख जारी गर्न पाउँछन्। यी खेललाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी ३ श्रेणीमा वर्गीकरण गरिएको छ।

वर्गीकरणअनुसार न्यून जोखिम भएका खेलमा संलग्न खेलाडीको बीमालेख जारी गर्दा बीमाशुल्क दर प्रतिहजार २ रुपैयाँ, सामान्य जोखिममा प्रतिहजार २.५० रुपैयाँ र जोखिमयुक्तमा ३ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS