IME Life New

अदुवा, बेसार र अलैंचीखेती बीमालेखमा संशोधन, बंगुर बीमालेख स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अदुवा, बेसार र अलैंचीखेती बीमालेखमा संशोधन तथा परिमार्जन गरेको छ।

बीमा प्राधिकरणको पुस ४ गतेको निर्णयबाट संशोधित अदुवा, बेसार र अलैंचीखेती बीमालेख स्वीकृत गरेको हो। यी तीनै बीमालेखमा आगलागी, हावाजन्य, जल उत्पन्न तथा मौसमजन्य र भूमिजन्य प्रकोपबाट क्षति पुगेमा रक्षावरण गरिएको हुन्छ।

Esewa
Crest

बीमितले न्यूनतम २ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गर्नुपर्छ। बीमाशुल्क २०० रुपैयाँ लाग्छ। त्यस्तो बीमाशुल्कमा अनुदान उपलब्ध हुने छैन। एक वर्षभन्दा कम समयावधिमा बीमाशुल्क त्यति नै लाग्छ। तर, दुर्घटना बीमाको अवधि १ वर्षको नै हुनेछ।

यी बीमालेखमा बीमकले आत्महत्याबाहेकको अन्य कुनै पनि दुर्घटनाका कारण बीमितको मृत्यु भएमा, स्पाइनल इन्जुरीका कारण पुनः ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि पूरे खुट्टा काम नलाग्ने भएमा वा दुवै आँखाको दृष्टि गुमेमा बीमांक रकम भुक्तानी गर्नुपर्ने हुन्छ।

यसैगरी प्राधिकरणले छुट्टै बंगुर बीमालेख पनि जारी गरेको छ। यसअघि सुँगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिका पशुधनको पशुधन बीमालेख जारी गरिएको थियो।

बंगुर बीमालेखमा पनि आगलागी, हावाजन्य, जल उत्पन्न तथा मौसमजन्य र भूमिजन्य प्रकोपबाट क्षति पुगेमा रक्षावरण गरिएको छ। बीमितले न्यूनतम २ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गर्नुपर्छ भने बीमाशुल्क २०० रुपैयाँ लाग्छ। त्यस्तो बीमाशुल्कमा अनुदान उपलब्ध हुने छैन। एक वर्षभन्दा कम समयावधिमा बीमाशुल्क त्यति नै लाग्छ। तर, दुर्घटना बीमाको अवधि १ वर्षको नै हुनेछ।

यी बीमालेखमा बीमकले आत्महत्याबाहेकको अन्य कुनै पनि दुर्घटनाका कारण बीमितको मृत्यु भएमा, स्पाइनल इन्जुरीका कारण पुनः ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि पूरे खुट्टा काम नलाग्ने भएमा वा दुवै आँखाको दृष्टि गुमेमा बीमांक रकम भुक्तानी गर्नुपर्ने हुन्छ।

इजाजतपत्र प्राप्त निर्जीवन बीमकहरुले अब यी बीमालेखा जारी गर्न सक्ने प्राधिकरणले जनाएको छ। संशोधित तथा परिमार्जित र स्वीकृत बीमालेख प्राधिकरणको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS