IME Life New

राष्ट्र बैंकको लगानी रहेको संस्थामा लघुवित्तले लगानी गर्न पाउने, मर्जरमा ल्याइयो यस्तो व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लगानीमा नयाँ प्रावधान ल्याएको छ।

केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै नयाँ प्रावधान ल्याएको हो। संशोधित निर्देशनअनुसार अब लघुवित्त संस्थाले राष्ट्र बैंकको कामकारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेसनल बैंकिङ इन्सटिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्रलगायतका संस्थामा र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न पाउने भएका छन्।

Esewa
Crest

लघुवित्त संस्थाहरुले संगठित संस्थाको शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न भने पाउने छैनन्। माथि उल्लिखित संगठित संस्थाबाहेकका संस्थाको शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने प्रावधान राष्ट्र बैंकले थप गरेको छ।

यसैगरी थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाका रुपमा कार्य गर्न सक्नेछन्। तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने÷गाभिने तथा प्राप्तिपूर्व प्रवाह गरेको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा असुल गर्न यस व्यवस्थाले बाधा पुर्याएको नमानिने संशोधित निर्देशनमा व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS