IME Life New

दुईवटा स्मार्टफोनमा एउटै नम्बरको ह्वाट्सएप कसरी चलाउने ? यस्तो छ सजिलो ट्रिक्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएप एउटा लोकप्रिय म्यासेजिङ एप हो। यसको विश्वभर करोडौँ प्रयोगकर्ता छन्।

केही प्रयोगकर्ता दुईवटा स्मार्टफोन एक साथ चलाउने पनि हुन्छन्। ह्वाट्सएप प्रयोगकर्ता यदि दुवै मोबाइलमा एउटै नम्बरको प्रयोग चाहन्छन् भने निकै सजिलो ट्रिक्स रहेको छ।

Esewa
Crest

यहाँ हामी आज सहज ट्रिक्स बताउन गइरहेका छौँ। जसको मद्दतले प्रयोगकर्ताले दुईवटै स्मार्टफोनमा एउटै नम्बरको ह्वाट्सएप प्रयोग गर्न सक्नेछन्।

सबैभन्दा पहिले दुवै स्मार्टफोनलाई सँगै राखौँ। त्यसपछि अर्को स्मार्टफोनमा गुगल प्ले स्टोरबाट ह्वाट्सएप एप्लिकेसन डाउनलोड गरौँ।

त्यसपछि त्यो ह्वाट्सएपलाई खोल्नुहोस्। यदि त्यो मोबाइलमा सिम पहिले नै छ भने त्यही नम्बरलाई प्रमोट गर्नेछ। तर, त्यसलाई बेवास्ता गरेर प्रयोगकर्ताले ह्वाट्सएपको टप राइटमा दिइएको ३ डटमा क्लिक गर्नुपर्नेछ।

त्यसपछि प्रोसेस अगाडि बढ्छ। फेरि त्यहीँ प्रयोगकर्ताले लिंक अप्सन देख्नेछन्। अनि प्रयोगकर्ताको सेकेन्डरी डिभाइसमा क्यूआर कोड देखिनेछ। अब प्राइमरी डिभाइसमा रहेको ह्वाट्सएपलाई खोल्नुपर्छ र टप राइटमा दिइएको ३ डटमा क्लिक गर्नुपर्छ।

अब प्रयोगकर्ताले त्यहाँ लिंक डिभाइस अप्सन देख्नेछन् र क्यूआर कोडको अप्सन पनि पाउनेछन्। त्यसपछि प्रयोगकर्ताले प्राइमरी डिभाइसबाट सेकेन्डरी डिभाइसको कोड स्क्यान गर्नुपर्नेछ। अनि प्रयोगकर्ताले एउटै नम्बरको ह्वाट्सएप दुवै स्मार्टफोनमा चलाउन सक्नेछन्।

ह्वाट्सएपको लिंक डिभाइसको मुद्दतले प्रयोगकर्ताले अधिकतममा ४ वटा डिभाइस कनेक्ट गर्न सक्छन्। यसलाई ल्यापटप, कम्प्युटर र ट्याबलेट आदिमा पनि कनेक्ट गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS